वीरगंज -भारतीय पूर्व प्रधानमन्त्री डा.मनमोहन सिंहको निधनले भारतसहित यतिखेर विश्वको कतिपय देश स्तब्ध छन बिभिन्न राष्ट्र प्रमुख र नेताहरुले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन । गएराती सिंहको ९२ वर्षको उमेरमा दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचारका क्रममा निधन भएको हो ।

पूर्व प्रधानमन्त्री डा.सिंह घरमा अचानक बेहोस भएपछी उपचारको लागी एम्समा लागिएको थियो । त्यही उपचारका क्रममा उहाँको निधन भएको हो । त्यसपछी विश्वका नेताहरु उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिरेका छन ।

यसैक्रममा नेपालक पहिलो गणतान्त्रिक प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले पनि पूर्व प्रधानमन्त्री डा.मनमोहन सिंहलाई सम्झिदै श्रद्धाञ्जली अर्पण गर्नुको साथै सम्पूर्ण भारतीय नागरिक र सरकारप्रति गहिरो सम्वेदना प्रकट गर्नुभएको छ । मनमोहन सिंहको निधनले आफु धेरै दुखि भएको प्रचण्डले उल्लेख गर्नुभएको छ ।

प्रचण्डले सन् २००८ मा नेपालको पहिलो गणतान्त्रिक प्रधानमन्त्रीको रुपमा भारत भ्रमणमा जादा पूर्व प्रधानमन्त्री डा.सिंहले दिनुभएको न्यानो आतिथ्यता सदैब अविस्मरणीय रहेन बताउनुभएको हो ।

त्यो भ्रमणको बेला नेपाल-भारत सम्बन्ध र पारस्परिक हितका विषयमा व्यापक र स्पष्ट छलफल डा. मनमोहन सिंहसंग भएको कुरा नेपालका पहिलो गणतान्त्रिक प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले सम्झिनुभएको छ ।

यसैगरी उहाँले विश्वव्यापी मुद्दाहरू, क्षेत्रीय राजनीति र भारत-नेपाल सम्बन्धमा वर्षौंदेखि निरन्तर वार्तालापहरू पनि आज सम्झिनुभएको छ । उहाँले बुद्धि, दृष्टि, र नेपाल भारतबीचको बलियो सम्बन्ध बढाउनको लागि भारतीय पूर्व प्रधानमन्त्रि सिंहले देखाउनु भएको समर्पण सधैं सम्झिरहने उल्लेख गर्नुभएको छ।

सन् १९३२ मा पञ्जाबमा जन्मिएका मनमोहन सिंहले सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्रीको रूपमा काम गर्नुभएको थियो ।

सन् २००४ को लोकसभा चुनावमा अटल बिहारी बाजपेयी नेतृत्वको एनडीएविरुद्ध कंग्रेसले विजय हासिल गरेपछि उहाँले पहिलो पटक सन् २००४ मा प्रधानमन्त्री पदको शपथ लिनुभएको थियो ।

यस्तै उहाँले सन् २००९ देखि २०१४ सम्म दोस्रो कार्यकाल सम्हाल्नुभएको थियो । उहाँले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जिम्मेवारी सुम्पिनुभएको थियो ।

नेपालको राजनीतिक मामिलामा पनि सिंह अविस्मरणीय पात्र हुनुहुन्थ्यो । उहाँ भारतको प्रधानमन्त्री भएकै बेला नेपालका प्रमुख दल र तत्कालीन विद्रोही माओवादीबीच नयाँ दिल्लीमा १२ बुँदे सम्झौता भएको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर