बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको दुई साना किसान कृषि सहकारी संस्थाको कार्यालयमा चोरी भएको छ । अस्ति बिहीबार राति भएको यस घटनामा चोरले दुई कार्यालयबाट गरी १२ लाख ६५ हजार नगद चोरी गरेका छन् । फत्तेपुर, जीतपुरसिमरा-१२ मा रहेको सहकारीबाट १२ लाख नगद र डुमरवाना, जीतपुरसिमरा-१५ मा रहेको सहकारीबाट ६५ हजार नगद चोरी भएको प्रहरीको भनाइ छ ।

चोरको समूहले कार्यालयको ताला र भल्ट फोडेर नगद चोर्नुको साथै दुबै कार्यालयमा राखिएको सिसिटिभी क्यामराको हार्डडिस्कसमेत चोरी गरेका छन्, जसका कारण चोरीको घटनाको फुटेज उपलब्ध छैन ।

चोरहरुको बढ्दो हिमतले सुरक्षा निकायलाई चुनौती दिएको छ । फत्तेपुरमा रहेको सहकारी संस्थाबाट करिब ५० मिटरको दुरीमा प्रहरी चौकी रहेको छ तर चोरी भईरहेको समय प्रहरी अनविज्ञ थिए ।

बारा जिल्लामा भएको बिगतका हत्या हिंसा , चोरिका घटनाले यो जिल्ला अहिले पनि आम नागरिकको लागी सुरक्षित नरहेको पुष्टि गरेको छ । यता प्रहरीले आफ्ना पुरै बल लगाएर घटनाको अनुसन्धान गरिरेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर