कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई विहीवार छलफलका लागि बोलाउनुभएको छ ।

देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पार्टीबाट सरकारमा सहभागी भएका दश मन्त्री र दुई राज्यमन्त्रीलाई छलफलका लागि बोलाउनुभएको हो ।

सभापति देउवाले संसदीय दलको कार्यसमिति र मन्त्रीहरू बीच अर्न्तक्रियाका लागि बैठक बोलाइएको गृहमन्त्री रमेश लेखकले बताउनुभयो ।

सरकारमा सहभागी भएका केही मन्त्रीहरूको प्रभावकारितालाई लिएर पार्टीभित्र प्रश्न उठिरहेकाले त्यस बिषयमा पनि छलफल हुने पार्टीका एक पदाधिकारीले बताएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर