नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले काम गर्न प्रत्यक्ष असहयोग नभए पनि समस्या भने रहेको बताएका छन् ।

नेपाली कांग्रेसका शीर्ष नेता र मन्त्रीहरु बीच विहीबार भएको छलफलमा मन्त्रीहरुले ब्रिफिङ गर्ने क्रममा काम गर्ने क्रममा आइपरेका समस्या र अप्ठ्याराबारे जानकारी गराएका हुन् ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा संसदीय कार्यसमितिमा छलफलका लागि १० मन्त्री र २ राज्यमन्त्रीलाई डाकिएको थियो ।

उक्त बैठकमा प्रधानमन्त्री ओलीसँग काम गर्दा प्रत्यक्ष अप्ठ्यारो नभएपनि कहीँ न कहीँ समस्या रहेको मन्त्रीहरुले बताएको युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बताए ।

६ महिनाको अवधिमा आफूले गरेका कार्यको विस्तृत जानकारी मन्त्रीहरुसँग लिने र आवश्यक सुझाव दिने गरी पार्टीले छलफल डाकेको थियो । प्रत्येक मन्त्रीले आफूले गरेका सुधार, उपलब्धि र अप्ठ्यारा बारे पार्टीलाई जानकारी गराएका छन् ।

यसैगरी कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले किसानलाई आवश्यक पर्ने रासायनिक मल आयात गर्न ६० अर्ब रुपैयाँ आवश्यक भए पनि २७ अर्ब ९५ करोड बजेट मात्र विनियोजन भएको बताए । एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री छन् ।

अधिकारीले रासायनिक मल आयात गर्न रकमको अभाव हुने बताएका थिए । ‘साढे पाँच लाख मेट्रिक टन आयात गर्न सकिने अवस्था छ । युवा तथा खेलकुद मन्त्री चौधरीका अनुसार बैठकमा महामन्त्री गगन थापाले जारी भएका अध्यादेश बारे पार्टीमा जानकारी गराएका थिए ।

राष्ट्रपति पौडेलले सरकारबाट सिफारिस भएका पाँच अध्यादेश जारी गरेका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर