प्रीयन्का दास
कलैया,चैत १९
बारा सदरमुकाम कलैयामा बाराका पत्रकारहरुले सरोकारवाला संगठन सङ्ग छलफल गरेका छन । स्वर्गीय पत्रकार सुरेश रजक लाई न्याय सन्चारगृह,सन्चारकर्मिहरुको सुरक्षा एवम दोषीलाई कार्यवाहीका लागि सरोकारवाला संगठनहरु सङ्ग बारा उधोग बाणिज्य संघको सभालहमा छलफल सम्पन्न भएको छ ।

oplus_2
प्रमुख अतिथि नेपाल पत्रकार महासंघ का केन्द्रिय सदस्य सिकेन्द्र पास्वानले रजकको मुख्य दोषिलाई छोडिन्न जसरी पनि सत्यतथ्य खोजी गराएर न्याय दिलाउने महासंघ प्रतिबद्धता जनाए । कानुनको दायरामा नल्याएसम्म हामी चुप नबस्ने बताए ।नेपालका पत्रकारलाई सुरक्षा दिन सरकारले गरेको प्रतिबद्धतामा रजकको मृत्युले प्रश्न तेर्साएको आरोप लगाए । देशमा गणतन्त्र स्थापनामा नेपाल पत्रकार जहिले पनि अग्रपंक्तिमा राख्ने स्पस्ट पारे ।
पत्रकारले जनताको आवाजलाई स्पस्ट रुपमा लगनुस नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दासले बताएका छन । उनले रजक प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै राज्यले सहिद घोषणा गर्दै उचित छतिपुर्ती दिनुपर्ने माग गरे ।
जसपा नेपालका केन्द्रिय सदस्य रामकिशोर यादवले रजकलाई सहिद घोषणा,दोषीलाई कार्वाहीको,उच्चस्तरीय छानबिनको माग गरे । हरेक पाईलामा हामिलाई साथ दिने पत्रकारको हरेक पल साथ दिने प्रतिबद्धता जनाए ।
माओवादी केंद्रका नेता मुकेश साहले रजकको हत्या अत्यन्तै दु:खद भएको र यसले अनुसन्धानलाई चुनौती दिएको बताए । चिया पसलहरुमा केही ब्यक्तिहरुले अहिलेको ब्यवस्थाको बिरोध गरेको देख्दा दया लागेर आउने बताए । यो गणतन्त्र धेरै जनता,पत्रकारको ज्यान गएपछी आएको भएकोले अब गणतन्त्रको बिकल्प हुनै नसक्ने बताए । हजारौको बलिदानिले आएको यो ब्यवस्था भएकोले दुई चार जना फटाहाले भन्दैमा पशुपतिको चिहानमा सेलाएको राजतन्त्र फर्केर न आउने बताए । देशको हरेक परिवर्तनमा पत्रकारको फ्रणट लाईनमा सहयोग भएकोले पत्रकारको सुरक्षा सरकार र सम्पुर्ण नेपाली जनताको दायीत्व बताए ।
रजक मृत्युको जिम्मेवारी राजाबादी आन्दोलनका अगुवाहरुले लिनुपर्ने लोसपा केन्द्रिय सद्स्य डा.कमरुल्लाह अन्सारीले बताएका छन । उनले राज्यले पत्रकारको सुरक्षाको सबै ज्ञारेन्टी लिनुपर्ने धारणा राखेका छन ।
महिला सन्जाल बाराकी अध्यक्ष महिला अधिकारकर्मी बबिता जयस्वालले हाम्रो अधिकारको रछा का लागि अहोरात्र खट्ने पत्रकारको सुरक्षा मा कमि सरकारले गरेको बताईन । राजतन्त्र कुनै हालतमा महिलाहरुले स्विकार नगर्ने बताईन । राज्य सङ्ग हामिले प्रश्न गर्न पाउने अधिकार अहिलेको गणतन्त्र ले दिएको बताईन । राजतन्त्रले महिला,दलित,पिछडिएका बर्गलाई झन झन तल खसाउने भएकाले कुनै हालतमा राजतन्त्र चाहिन्न भनिन । महिलालाई फेरि शोषणमा पार्न राजतन्त्र चाहियो भन्नेहरु प्रती आफुलाई दुख लागेको बताईन ।
प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य रामबाबु मेहताले जनतालाई राजा चाहेकै छैन केवल अहिलेको जनप्रतिनिधि को बेथिति हेरेर बितृष्णा हो बताए । लोकतन्त्र गणतन्त्र रहे मात्र नागरिकको आवाज रहने नभए सबैको आवाज दबाईने भएकाले हामी सबै एकजुट हुनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष पन्नालाल दासको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केंन्द्रीय सदस्य सिकेन्द्र पास्वानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिशिस्ट अतिथि प्रदेश सदस्य साजिर मन्सूर,बृजमोहन कुश्वाहा, नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दास, नेपालि काङ्ग्रेस बाराका सह सचिव प्रमोद यादव,एमालेका प्रतिनिधि,माओवादी केंद्रका नेता मुकेश साह,जसपा नेपालका केन्द्रिय सदस्य रामकिशोर यादव,जनमत पार्टीका केन्द्रिय राजनितीक समिती सदस्य प्रभुनाथ पटेल,लोसपा केन्द्रिय सदस्य डा. कमरुलाह अन्सारी,नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनी, मानव अधिकार एलायन्स मधेस प्रदेश अध्यक्ष अनिल तिवारी बाराका विभिन्न सरोकारवाला संगठनको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
नेपाल पत्रकार महासंघ बाराका सह सचिव दुस्यन्त चौधरीले सन्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष रन्जन यादवले स्वागत गरेका थिए ।







