साजिर मन्सूर
कलैया,चैत २५
जिल्ला प्रशासन कार्यालय बाराको टोलिले आज पुर्वाधार बिकास कार्यालय बारामा अनुगमन गरेको छ । जिप्रका का नायब सुब्बा रत्न स्याङतानको नेतृत्वमा गएको टोलिले अनुगमन गर्दा २० जना दरबन्दी रहेकाेमा 12 जना रिक्त 8 जना कार्यरत रहेकोमा जसमध्ये 5 जना अनुपस्थित रहेको पाईएको छ् । अनुगमनका क्रममा अधिकान्स कर्मचारी अनुपस्थित रहेको नासुले बताएका छन ।
टोली सदस्य लेखापाल दल बहादुर शाहीले अनुगमनका क्रममा कुनै कर्मचारीले पोशाक नलगाएको जनाएका छन ।







