साजिर मन्सूर
कलैया,चैत २७
काठमाडौंको तिनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएका स्वर्गीय पत्रकार सुरेश रजकलाई न्यायको मागगर्दै नेपाल पत्रकार महासंघ बाराले आज साँझ कलैयामा दीप प्रज्जवलन गरेको छ ।
महासंघका जिल्ला अध्यक्ष रमेश सुवेदीको नेतृत्वमा साँझ जिल्लाका संचारकर्मीले कलैया स्थित भरत चौकमा दीप प्रज्जवलन गरेका हुन ।
पत्रकार रजकको हत्या भएको लामो समय बित्दापनि हत्यामा संलग्नहरुलाई अझै पक्राउ नगरिएको विरोधमा महासंघले चरणबद्ध आन्दोलन सङ्गै रजकको परिवारलाई छतिपुर्ती दिन माग गर्दै देशभर दीप प्रज्जवलन गरिएको छ ।
महासंघले स्वर्गीय पत्रकारको हत्यामा संलग्नलाई कार्बाही र संचारक्षेत्रको पुर्ण सुरक्षाको ग्यारेन्टी गर्न मांग गरेको नेपाल पत्रकार महासंघ मधेस प्रदेश सदस्य साजिर मन्सूरले बताएका छन।







