साजिर मन्सूर
पर्सा,बैशाख १४
अबैज्ञानिक रुपले बिधालय स्थापना हुदा राज्यलाई आर्थिक भार सङ्गै शैक्षिक गुणस्तरीयतामा कमि आएको पटेर्वा सुगौली गाउपालिकाको अध्यक्ष दिनेश कुमार चौधरीले बताएका छन ।
“शिक्षा नितिमा स्पष्टता कार्यान्वयनमा सरोकारवालाहरुको जवाफदेहीता” भन्ने नारा सहित पर्साको बिरगंजमा शिक्षा नीति सम्बन्धि सम्बाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन । कारखाना समुहको आयोजनामा भएको कार्यक्रममा पटेर्वा सुगौली गाउपालिकाको बारेमा सम्बाद सम्पन्न भएको छ । कार्यक्रममा शिक्षा प्रणालीमा पारदर्शिता, जवाफदेहिता र सहभागितालाई सुदृढ गर्ने उद्देश्य राखिएको थियो ।
अध्यक्ष चौधरीले हिजोका दिनमा अवैज्ञानिक तवरले जस्लाई जहाँ मन लाग्यो झोलामा बिधालय दर्ता गराउदा न त शिक्षाको अवस्था नै सुधार्न सकियो न त गुणस्तरीयता नै दिन सकेको बरु झन राज्यलाई आर्थिक भार थुप्रेको उनले बताए । च्याउ सरह झोले बिधालय भए र हाल आफुहरुले बिधालयलाई मर्ज गरेर उत्तम बनाउन खोज्दा राजनितीक दबाबले सम्भव हुन नसकेको जिकिर गरेका छन । आफुहरुले स्थानिय बजेटमै शिक्षामा मात्र ११ प्रतिशत बजेट छुट्याएको बताए ।
पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका मधेश प्रदेश अन्तर्गत पर्ने एक महत्वपूर्ण गाउँपालिका भएको जसले कृषि उत्पादन, सीमावर्ती व्यापार, र स्थानीय विविधताले चर्चित रहेको पुर्व गाबिस अध्यक्ष समेत रहिसकेको गाउपालिका अध्यक्ष दिनेश कुमार चौधरीले बताए । ग्लोबल पार्टनरशिप फर एडुकेशन (GPE) को आर्थिक सहयोगमा र कारखाना समूहको संयोजनमा आयोजनामा गरिएको कार्यक्रमले शिक्षा सुधारमा नागरिक समाजको भूमिका, सार्वजनिक खर्चको निगरानी, र सामुदायिक सहभागिता जस्ता महत्त्वपूर्ण विषयमा संवाद गर्ने अवसर प्रदान गरेकोमा गापा अध्यक्ष चौधरीले आयोजकलाई धन्यवाद समेत दिए बताए।
गाउपालिका उपाध्यक्ष ममता कुमारी चौधरीले पालिकाको शिक्षामा बृहत बिकासका लागि उच्च शिक्षामा महिला छात्रवृत्ति,स्वयंसेवक शिक्षक नियुक्ति गरेको बताईन । उनले आमाहरु आर्थिक रुपमा सशक्त भए मात्र सन्तानले राम्रो शिक्षा लिन सक्ने जसका लागि देशमै सेनेटरी प्याड बनाउने पहिलो पालिका आफुहरुको भएको बताईन । उनले एक टोल एक उधम कार्यक्रम ल्याएर शिक्षामा जोड दिएको बताईन । उनले अभिभावकहरु बर्षमा एक एक दिन पनि बिधालयमा अनुगमन गर्न आए शिक्षामा आमूल परिवर्तन देखिन सक्ने बताईन । उनले गाउपालिका भित्र बिधालयमा परिक्षा लिदा सेन्टर परिवर्तन गरेर परिक्षा लिने ब्यवस्थापन मिलाईएको बताईन ।
प्रमुख प्रशासकिय अधिकृत प्राण मेहताले नव प्रवर्द्धनमा आधारित आर्थिक बिकासका लागि समेत शिक्षाको महत्वपूर्ण योगदान हुने गरेकोले शिक्षा को बिकासमा महत्वपूर्ण जोड दिदै आएको बताए । उनले आफुले योजना कार्यान्वयनमा जोड दिदै आधुनिक शिक्षा का लागि हरप्रयास गरेको बताए । आधुनिक शिक्षाका लागि शिक्षण तालिममा समेत जोड दिदै आएको बताए ।
पटेर्वा सुगौली गाउँपालिकाको जनसंख्या करिब २५,००० जना रहेको जसमा महिलाहरूको संख्या थोरै बढी छ। यहाँको जनघनत्व तुलनात्मक रूपमा मध्यम छ तर विकासक्रम तीव्र गतिमा अघि बढिरहेको छ तथ्यांकले देखाएको कारखाना समुहका प्रादेशिक अधिकृत एवम मध्यस्थतकर्ता निरज कुमार मिश्रले जनाए । उनका अनुसार
शिक्षा क्षेत्रमा पटेर्वा सुगौलीमा करिब ५० भन्दा बढी सामुदायिक र निजी विद्यालयहरू रहेका छन्।
स्थानीय तथ्यांक अनुसारः गाउँपालिकाको औसत साक्षरता दर ६०%,महिलाहरूको साक्षरता दर करिब ५२% र पुरुषहरूको साक्षरता दर करिब ६८% रहेको छ ।
पालिकामा विद्यालय जान नसक्ने वा विद्यालयबाट छुटेका बालबालिकाको संख्या उल्लेख्य छ विशेष गरी दलित, मुस्लिम समुदाय र विपन्न परिवारहरूमा विद्यालय व्यवस्थापन समिति, अभिभावक र पालिकाको समन्वयबाट केही विद्यालयहरूमा सिकाइ वातावरणमा सुधार देखिए पनि शिक्षक अभाव, गुणस्तरीय तालिमको कमी, शैक्षिक सामग्रीको अभाव, र बजेट कार्यान्वयनमा चुनौतीहरू अझै विद्यमान रहेको र त्यसको समाधानमा अग्रगामी रुपमा बढेको मिश्रले बताए ।
कारखाना समुहका प्रादेशिक अधिकृत मिश्राले कार्यक्रमको मुख्य उदेश्य भनेको शिक्षा नीति, बजेट, र कार्यान्वयनको पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न स्थानीय जनप्रतिनिधि, शिक्षा अधिकारी, विद्यालय व्यवस्थापन समिति, र नागरिक समाजबीच संवादको माध्यमबाट साझा समझदारी निर्माण गर्ने बताए ।
गुणस्तरीय र समावेशी शिक्षामा पहुँच सुनिश्चित गर्न शिक्षक व्यवस्थापन, विपन्न समुदायका लागि लक्षित कार्यक्रम, र महिला तथा सीमान्तकृत समूहका पक्षमा स्थानीय तहका प्रयासहरूबारे समीक्षा र छलफल गर्ने,शिक्षा क्षेत्रमा नागरिक समाजको भूमिका सशक्त पार्न सामाजिक उत्तरदायित्व, निगरानी संयन्त्र र वकालत रणनीतिबारे व्यवहारिक अभ्यासहरू आदानप्रदान गर्ने,एसडीजी ४ सँग मेल खाने गरी सार्वजनिक शिक्षा सुधारमा नागरिक समाजको भूमिका सुदृढ गर्न, सामाजिक उत्तरदायित्व, निगरानी संयन्त्र, र सार्वजनिक खर्च अनुगमनका व्यवहारिक रणनीतिहरू आदानप्रदान गर्ने समेत रहेको जनाए । कार्यक्रमको शिक्षा नीति सम्बाद कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ मधेश प्रदेश का सदस्य साजिर मन्सूरले गरेका थिए ।
गएको बैशाख १२ गते शुक्रबार रौतहटको चपुरमा समेत यो कार्यक्रम सम्पन्न भएको थियो ।







