साजिर मन्सूर 

कलैया,बैशाख २१

प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बारा जिल्लाको सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा तत्काल गर्नुपर्ने १२ वटा काम हरुका लिस्ट तयार गरि सार्वजनिक गरेका छन । उनले देखेका तत्काल गर्नुपर्ने कामहरु निमनानुसार छन ।

 १ . पथलैया- परवानीपुर ६ लेन सडक र सर्भिस लेन क्लीयर गर्ने र लेन अनुशासन पालना गराउने,

 २ . चुरियामाई- पथलैया सडक  पिचमा कुनैपनि सवारी साधन रोक्न वा पार्किङ गर्न नदिने

 ३. सिटी सवारी ( ईरिक्सा) लाई  राष्ट्रिय राजमार्गमा चल्न नदिने, सर्भिस लेनमा चल्न दिने

 ४ . ढुङ्गा गिटी बालुवा बोल्ने ट्रीपरलाई ढाला भन्दा माथी ति सामान बोक्न नदिने साथै त्यस्ता सामाग्री बोक्दा त्रिपालले ढाक्नै पर्ने

 ५ . ट्रिपरको नम्बर प्लेट पुर्नलेखन गर्न लगाउने ६ . बजार क्षेत्रमा प्रेसर हर्न बजाउन रोक लगाउने

७ . कलैया लगायतको बजार क्षेत्रमा पार्किङ एरिया निर्धारण गरी व्यवस्थापन गर्ने

 ८ . पूर्व निर्णयहरु अनुसार कलैया बसपार्क संचालन गराउने र कलैया चोकमा कुनैपनि सवारी साधन पार्किङ गर्न नदिने ९ . ईरिक्सा सिटी एरियामा चल्ने भएकोले क्यूमा वा रूटमा चल्न पुर्ण रूपमा प्रतिबन्ध लगाउने

 १०. आधिकारिक  कागजात भएका भारतीय नम्बर प्लेटका सवारी साधनलाई मात्र संचालन हुन दिने

 ११ . सवारी चालक अनुमति पत्र नभएको, आधिकारिक कागजात नभएको, हेलमेट नलगाएको, मापसे गरेको र  २जना भन्दा बढी सवार मोसालाई स्पोटमै तत्काल कारवाही गर्ने,

१२ .  सडक सुरक्षा र ट्राफिक सचेतना वारेमा व्यापक प्रसार प्रचार र सन्देश प्रवाह गर्ने र यूवा वर्गलाई यसकार्यमा आबद्धता गराउने  ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर