बिश्वास डेस्क
कलैया,बैशाख ३०
बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम जयसवाल माथि कुटपिट गरेको घटनामा संलग्न मेयर किशोरी साह कलवारका सहयोगी पक्राउ परेको बारा प्रहरी संतोष तामाङ्गले जनाएका छन ।
मेयरका सहयोगी सोनफी यादवलाई प्रहरीले काठमाण्डुस्थित सिंहदरवार परिसरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बारामा ल्याईएको हो। सहयोगी यादव केही दिनअघि मेयर कलवारसँगै काठमाण्डु आएका बेला उनी पक्राउ परेका हुन । प्रमुख प्रशासकिय अधिकृत जयस्वालले सहयोगी यादवले दुव्र्यवहार गर्दै आफुलाई कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका थिए ।







