साजिर मन्सूर 

कलैया, जेठ १३ –

मुलुक कहिल्यै पछाडी अर्थात ब्याक गेयरमा नजाने भएकाले देशलाई अझ समृद्धि उन्न्ती तर्फ अगाडी बढाउन तर्फ लाग्न सबै नेपाली लाग्निपर्ने प्रमुख अतिथी प्रदेश सान्सद पुर्व मन्त्री जितेन्द्र सोनलले बताएका छन । डिजिटल युगमा बढ्दो प्रविधि उपयोगसँगै साइबर सुरक्षाको महत्व बढिरहेको सन्दर्भमा बाराको कोल्बिमा आज ‘साइबर सुरक्षा र कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धि अभिमुखिकरण कार्यक्रम’ लाई उदघाटन गर्दै उनले यस्तो बताएका छन ।

आजको युग अत्यन्तै संबेदनसिल युग भएको र अवसर सङ्गै चुनौती पनि थपेको बताएका छन । आजको पत्रकारिता जगत पनि अहिले प्रविधी सङ्गै अपडेट हुँदै जानू पर्ने बताएका छन । नेपाल पत्रकार महासंघ बाराको भवन अहिले जिर्ण अवस्थामा रहेकाले आफुले मन्त्रालय मार्फत ब्यवस्थित गराउने पहल गर्ने साथै गोप्य दान समेत गर्ने बताएका छन । पत्रकारिता देशको तेस्रो आँखा र चौथो अङ्ग भएको र आम जनताले यसलाई कसरी देखिरहेका छन त्यसमा सबैको ध्यान जानुपर्ने मान्यता रहेको बताए । देशमा संघीय ब्यवस्था ल्याउन धेरै बलिदानी भएको तर यसको विरुद्धमा केही असमाजिक तत्व लागेकोले सबै सचेत हुनुपर्ने बताए ।

लोकतन्त्रको बिकल्प राजतन्त्र हुनै नसक्ने उनले बताएका छन । हालको ब्यवस्था अझ परिस्कृत हुँदै जाने भएकाले न आतिन जनताले बुझ्नुपर्छ उनले भने । देशमा हरेक छेत्रमा केही कमजोरी भएको र यसलाई बदनाम गराउने तत्व सकृय भएको ले राज्यपनी यसमा सचेत हुनुपर्छ भने ।

सोनलले डिजिटल प्रणालीमा बढ्दो निर्भरता र त्यससँगै बढेको साइबर आक्रमणको जोखिमप्रति सचेत गराउँदै व्यक्तिगत, संस्थागत र राष्ट्रिय सुरक्षाका लागि साइबर सजगता अत्यावश्यक रहेको उल्लेख गरे।

 

आमसन्चार प्राधिकरण मधेस प्रदेशको आयोजना  सूचना तथा नेपाल पत्रकार महासंघ बाराको समन्वयमा

बाराका पत्रकारहरुका लागि कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा साइबर सुरक्षाका वर्तमान चुनौतीहरू, संवेदनशील डेटा सुरक्षाको उपाय, र एआई प्रविधिले ल्याउने सम्भाव्यता तथा जोखिमहरूबारे विस्तृत छलफल गरिएको थियो ।

 

कार्यक्रममा आमसन्चार प्राधिकरण मधेस प्रदेश अध्यक्ष जितेन्द्र खरगाले “एआई प्रविधिले सुविधा त दिन्छ तर यसले नयाँ प्रकारका साइबर खतरा पनि निम्त्याउँछ। यसका लागि नीति, प्रविधि र जनचेतनाको त्रिसूत्रीय रणनीति आवश्यक छ।”उनले पत्रकारको लागि गरिएको बिमा कार्यक्रम बाट सबै पत्रकार लाभान्वित भएको बताएका छन ।

कार्यक्रममा सन्चारकर्मी सुरेश बिडारी र प्रकाश मैनालिले सहजीकरण गरिरहेका छन ।

कार्यक्रममा पत्रकार महासंघ केन्द्रिय सदस्य सिकेन्द्र पास्वान,मधेस कोषाध्यक्ष अनिल गौरव,प्रदेश सदस्य साजिर मन्सूर,बृजमोहन कुश्वाहा,जियालाल चौधरी लगायतकाको विशेष उपस्थिति थियो ।

आमसन्चार प्राधिकरण मधेस प्रदेशका प्रशासकिय अधिकृत प्रशन्न राज कर्णले स्वागत गरेको कार्यक्रमको सन्चालन पुष्पराज खतिवडाले गरेका थिए ।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर