साजिर मन्सूर
कलैया,असार ९
“शैक्षिक प्रशासनिक पर्यटकिय शहर स्वच्छ समुन्नत कलैया नगर कृषि र पुर्वाधार समृद्ध कलैयाको आधार” नारा सहित
बारा जिल्लाको सदरमुकाम मा रहेको कलैया उपमहानगरपालिकाको १५ औ नगर सभा सम्पन्न भएको छ । कलैयाको करण राज प्यालेशमा सम्पन्न नगर सभालाई सम्बोधन गर्दै नगर प्रमुख बिनोद साहले कलैयाको बिकासका लागी कसैको प्रभाव वा दबाबमा कलैया सरकार पछि नहट्ने बताउदै यसका लागि नगर बासिले समेत साथ दिइरहेको बताएका छन । कलैया बजारको कायापलट भैरहेको र यसमा सारा नगरबासी आफ्नो साथमा देखिएको बताएका छन । सो अवसरमा नगर प्रमुख बिनोद साहले मानवत मटिअर्वा को बाटो सम्पन्न र कलैया हाट बजारको कायापलट गर्न आफुहरुको प्रमुख उदेश्य रहेको बताएका छन । बजारको बिकास गर्दा केवल आँखा लगाउनेलाई उनले त्यस्तो नगर्न आग्रह गरे । कलैया बजार सदियौ देखि त्यही अवस्थामा रहेकोले जनताको माग अनुसार त्यसको बिकास गर्ने कि नाई भएर प्रश्न गरे । कर्मचारीले जनप्रतिनिधिलाई गाली गर्दा त्यो के शुशासन उनले भने । बजार भनेको सबैको हो त्यसमा केवल वडा सङ्ग मिलाएर नलिन आग्रह गरे । मधेसको सब भन्दा ठूलो उपमहानगर कलैया भएकोले यसको बिकासलाई रोक्ने गरि कसैले राजनिती गर्न नहुने बताए । कलैयाको समुचित बिकासका लागि सारा नगर बासी मिलेर गर्न सकिने त्यसमा मेरो सबै शक्ति परिचालन हुने बताए । उनले हाम्रै पालामा तीन किलोमीटर बाटो बनाउन लगाएर छोड्ने बताएका छन । उपमहानगरपालिकाको नया प्रशासनिक भवन यहि बर्षमा सम्पन्न हुने,नगर सभागृह पनि यथाशीघ्र बनाउने बताए ।
नीति कार्यक्रमलाई उप मेयर रौषन प्रविणले प्रस्तुत गरेकी थिईन ।
उप मेयर प्रवीणले कलैयाको आव २०८२/०८३ को लागि नीति तथा कार्यक्रमको अर्धबार्षिक समिक्षा प्रस्तुत गरेकी छन । उनले योजनाहरु मार्फत बसोबास योग्य हरित शहर सम्मुनत कलैया उपमहानगर निर्माण गर्ने कार्य अगाडि बढाईएको बताएकी छिन । उप मेयर प्रविणले चालू आवमा कुल जम्मा रु.१ अर्ब ७२ करोड ७३ लाख ८७ हजार ७ सय ३९ रुपैयाको बजेट प्रस्तुत गरेकी छन ।
कार्यक्रममा स्वागत मन्तब्य दिदै प्रमुख प्रशासकिय अधिकृत नेपाल सरकारका उप सचिव नाथु साहले नगर सभाले पास गरेको नितिकार्यक्रम लाई कार्यान्वयन मा सबै कर्मचारी लागिपर्ने बताए ।
नगर सभाको सन्चालन जिन्सी शाखा प्रमुख नरोतम अधिकारीले गरेका थिए ।







