बिश्वास डेस्क

कलैया,साउन ६

सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादवद्वारा नै जनताको अपमानजनक व्यवहार भएको भएको छ। गाउँपालिका अध्यक्षले सार्वजनिक स्थानमै रक्सीको सुरमा कलैया उपमहानगरपालिका ३ गङ्गापुरका बिकास साहलाई कठालो समातेर हातपात गर्न खोजेको गम्भीर आरोप लागेको छ ।

पीडित साहका अनुसार, उनी सामान्य कामका लागि कलैया गढिमाई सडक अन्तरगत यामाहा सो रुम अगाडि बाटो काट्ने  क्रममा गाउँपालिकाको अध्यक्ष चढेको मधेस प्रदेश ०३-००१च ७७२२ नम्बरको स्कार्पिओ को पछाडी को चक्का आफै पड्केको तर मेरो बाईकले छोएर पड्केको भन्दै म माथी दुव्र्यवहार गरेको आरोप लगाएका छन । अध्यक्ष यादवले पावरक दम्भ देखाएर मलाई हप्काउन खोजेको भन्दै मेरो मान्सिक उत्पीडन समेत भएको बताएका छन ।

 

स्थानीय नागरिकहरु भन्छन्, “हामीले मतदान गरेर सेवा गर्न पठाएका जनप्रतिनिधि आजभोलि सेवाग्राहीलाई आम जनतालाई तुच्छ ब्यवहार गर्न थालेको तितो अनुभव सुनाए ।  गाउपालिका अध्यक्ष जस्तो ब्यक्तिले दिन दहाडै रक्सी खाएर सदरमुकाममा घुम्नु, चिच्याउनु, धम्क्याउनु र हातपात गर्न खोज्नुजस्ता गतिविधिले गाउँपालिकाको इज्जत धुम्लिएको पिडितले भने ।”

पिडितले अब अध्यक्षले मलाई पावर को भरमा थुन्न लगाउने धम्की दिएकाले आफू डराएको बताएका छन ।

स्थानिय ट्राफिकले पनि प्रत्यक्षदर्शी को कुरा नसुनेर अध्यक्ष को प्रभावमा लागेर हप्काउन पछि नपरेको बताए ।

सुवर्ण गाउँपालिकाको जनप्रतिनिधिले देखाएको यो व्यवहार स्थानीय शासनको विकृति र चरम दुरुपयोगको ज्वलन्त उदाहरण हो। जनताको सेवामा समर्पित हुनुपर्ने अध्यक्ष जब जनतामाथि नै हातपात गर्न उत्रन्छन् भने लोकतन्त्र र स्थानीय शासनको औचित्यमाथि प्रश्न उठ्न थालेको छ। अब यो घटनामा निष्पक्ष छानबिन र पीडितलाई न्याय दिलाउनु राज्यको कर्तव्य हुनुपर्छ।

यता गाउपालिका अध्यक्ष यादव भने बाईकले ठोकेर चक्का पड्काएको बताउदै भाइ किन यस्तो गरेको सोध्न मात्र खोज्दा त्यहा हुल जम्मा भएर उल्टै आफुहरु उपर जाईलाग्ने जस्तो बाताबरण बनेको देख्दा अचम्म लागेको बताए । आफुले साहलाई कठालो नसमातेको उनको तर्क छ ।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर