साजिर मन्सूर
कलैया,२९ साउन
शुभ -आरम्भ राष्ट्रिय दैनिक पत्रिकाको पाँचौँ वार्षिकोत्सवको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा पत्रकारिताको महत्त्व र विकासका विषयमा गहन छलफल समेत भएको छ । कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य प्रमोद गुप्ताले आजको समयमा एआईको बढ्दो प्रयोगले सारा मानव जिवनमा एक खालको प्रतिस्पर्धा बढेको बताए । उनले एआईको कारण पत्रीकाहरु रसन्चार माध्यम छायामा पर्दै गएको समेत बताउदै यसको प्रयोग सङ्गै सन्चार माध्यमले हालको सृजित परिस्थिति अनुसार अगाडि बढ्न सल्लाह दिए । विशिष्ट अतिथि कलैया उपमहानगरपालिकाका मेयर विनोद साहले पत्रकारिताको समाज रुपान्तरणमा रहेको महत्त्वपूर्ण भूमिकामाथि जोड दिनुभयो। उनले पत्रकार महासंघ बारामा जाने बाटो निर्माण गराउने घोषणा गरे ।
उहाँले शुभ आरम्भ राष्ट्रिय दैनिक पत्रिकाको पाँच वर्षको सफल यात्राको प्रशंसा गर्दै आगामी दिनहरूमा अझ बढी सफलता मिलोस् भन्दै शुभकामना दिनुभयो।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, प्रदेश कोषाध्यक्ष अनिल गौरव, सदस्य साजिर मंसुर बारा शाखा अध्यक्ष रमेश सुवेदी र नागरिक समाजका अध्यक्ष उमेशलाल दास लगायतले पत्रिकालाई शुभकामना दिनुभएको थियो। उपेन्द्र पासवानले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विभिन्न सञ्चारकर्मी, नागरिक समाजका अगुवा, राजनीतिकर्मी र स्थानीय प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।







