बिश्वास सम्बादाता 

कलैया, १७ भदौ ।

छिमेकी जिल्ला पर्साको बिरगंजमा हैजा रोगको जोखिम बढिरहेका बेला जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ग्यान दीप बोर्डिङ स्कुलले आज कलैयामा जनचेतनामूलक रैली सम्पन्न गरेको छ ।

विद्यार्थी, शिक्षक तथा अभिभावकहरुको सक्रिय सहभागितामा गरिएको रैलीमा “स्वच्छ पानी पिउनुहोस्, सफा वातावरण बनाउन सहयोग पुर्याऔं, हैजाबाट जोगिऔं” जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

रैली विद्यालय प्रांगणबाट सुरु भई नगरका विभिन्न मार्ग हुँदै पुनः विद्यालयमै समापन गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपलले विद्यार्थीमार्फत समुदायमा सचेतना फैलाउन सक्ने विश्वास व्यक्त गरे ।

स्थानीयवासीहरूले यस्तो जनचेतनामूलक कार्यक्रमले नगरमा स्वच्छता र स्वास्थ्यप्रति ध्यान दिन प्रेरणा दिने प्रतिक्रिया दिएका छन् ।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर