साजिर मन्सूर 

कलैया,मङ्सिर ४

सडक दुर्घटना न्यूनीकरण तथा जनचेतना अभिवृद्धिका लागि कलैया उपमहानगरपालिकाले महत्वपूर्ण पहल अघि सारेको छ।

कलैया उ.म.न.पाको सिमाना क्षेत्र कलैया बिरगंज सडक खण्डको मनगढवा पूल देखि पसाहा पूल सम्म हरेक पुल र सडक पेटी छेउमा रहेको पिलरहरुमा रात्रीको समयमा गाडीको लाईटले टल्किने लाईटिङ्ग स्टिकर टास्ने कार्यको प्रमुख प्रशासकिय अधिकृत नाथु साहले उदघाटन गरेका छन ।

 सबै पुल र सडक पेटी छेउमा रहेका पिलरहरूमा रात्री समयमा सवारी साधनको हेडलाइटले टल्किने लाइटिङ स्टिकर टाँस्ने कार्य सुरु गरिएको र यसले दुर्घटना न्यूनीकरण मा सहयोग पुग्ने साहले बताएका छन ।

उपमहानगरपालिकाले रातीको कम दृश्यता, तीव्र गती, र अन्धेरा क्षेत्रमा पिलर तथा संरचना नदेखिनुका कारण हुने दुर्घटना रोकथाम उद्देश्यले यो अभियान सञ्चालन गरेको साहले बताए । लाइटिङ स्टिकर टाँसिएपछि चालकहरूले दूरी तथा संरचना सहजै पहिचान गर्न सक्ने भएकाले दुर्घटनाबाट मध्यराति तथा बिहान सबेरै हुने जोखिम कम हुने अपेक्षा गरिएको छ।

अभियानका क्रममा

वडा नं १८ का वडा अध्यक्ष धुरुप राउत अहिर,ट्राफिक कार्यालय प्रमुख तेज कुमार मिश्रा, नगर प्रहरी र वातावरण शाखाको टोलीको उपस्थिती थियो ।

आगामी दिनमा कलैया उपमहानगरपालिकाले अन्य जोखिमयुक्त सडक खण्डहरूमा पनि यस्ता सुरक्षा सामग्री विस्तार गर्ने योजना रहेको वातावरण तथा विपद् व्यवस्थापन शाखाका भुलन साहले जानकारी गराएका छन ।

नागरिक समाज बाराका अध्यक्ष उमेश लाल दासले उपमहानगरपालिकाद्वारा गरिएको यो पहलको स्वागत गर्दै सडक सुरक्षामा यसले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर