साजिर मन्सूर 

कलैया,मङ्सिर ४

नेपाल वन प्राविधिक संघ (Nepal Foresters’ Association – NFA) को ५१औं स्थापना दिवसको अवसर पारेर NFA मधेश प्रदेश समिति द्वारा बारा जिल्लाको निजगढमा विशेष कार्यक्रम सम्पन्न भएको छ। “अतिक्रमणमुक्त वन, हरियालीयुक्त पृथ्वी” भन्ने नारासहित आयोजित कार्यक्रम वन संरक्षण, पुनःरोपण तथा वातावरणीय चेतना अभिवृद्धिमा केन्द्रित रहेको NFA मधेश प्रदेशका अध्यक्ष बिन्देश्वर पटेलले जनाए । सो अवसरमा संघका पदाधिकारी, वन प्राविधिक, स्थानीय सरोकारवाला, सामुदायिक वन प्रतिनिधि तथा वातावरण प्रेमीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। यस अवसरमा अतिक्रमणका कारण क्षतिग्रस्त बनेका वन क्षेत्रमा सामूहिक रूपमा बिरुवा रोपण गरी वन पुनर्स्थापनाको प्रतिवद्धता जनाइएको थियो।

 

कार्यक्रमकै दौरान वातावरण संरक्षण, वृक्षारोपण र वन संरक्षणका क्षेत्रमा निरन्तर सक्रिय भूमिका खेलेका सुरेश शर्मालाई अभियन्तालाई NFA मधेश प्रदेशले सम्मान–पत्रसहित सम्मानित गरेको छ। आफ्नो कामप्रति सकारात्मक भावनाका साथ प्रदान गरिएको सम्मानले शर्मा निकै उत्साहित भएको प्रतिक्रिया व्यक्त गरे।

सम्मान ग्रहण गर्दै उनले भने—
“मलाई प्रदान गरिएको यस सम्मानका लागि NFA मधेश प्रदेशका अध्यक्ष बिन्देश्वर पटेल, सम्पूर्ण पदाधिकारी तथा कार्यक्रमलाई ऊर्जा प्रदान गर्ने वातावरण–प्रेमी योद्धाहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। शर्माले यो सम्मान केवल म एक्लो व्यक्तिको होइन, धरती, वन्यजीव र प्रकृति बचाउन साथ–सहयोग गर्ने सम्पूर्ण पर्यावरण मित्रहरूलाई समर्पित छ। हामी सबैको सामूहिक प्रयासले मात्र हरियाली जोगाउन सकिन्छ।”

 

कार्यक्रममा वक्ताहरूले मधेश प्रदेशमा बढ्दो वन अतिक्रमण, अवैध फँडानी तथा वनभू–उपयोग परिवर्तनले वातावरणमा गम्भीर प्रभाव पारेको भन्दै स्थानीय तहदेखि प्रदेश सरकारसम्म वन संरक्षणलाई प्राथमिकताका साथ अघि बढाउन जोर दिए।
NFA मधेशले आगामी महिनाहरूमा —

अतिक्रमणमुक्त वन अभियान,

जलवायु सचेतना कार्यक्रम,

वन प्राविधिक क्षमता विकास,

सामुदायिक वन साझेदारी विस्तार
जस्ता कार्यक्रमहरू सञ्चालन गर्ने घोषणा पनि गरेको प्रदेश अध्यक्ष पटेलले जनाएका छन ।

 

कार्यक्रममा वन संरक्षण केवल सरकारी जिम्मेवारी नभई समुदायको पनि समान दायित्व भएको बताउदै सहभागिहरुले प्रकृतिको सन्तुलन, वातावरणीय स्थिरता र भविष्यका पुस्ताका लागि हरियाली अभियानलाई एक साझा आन्दोलनका रूपमा विस्तार गर्न आवश्यक रहेकोमा जोड दिएका छन।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर