कलैया, बारा ।
कलैया उपमहानगरपालिका वडा नम्बर ४ का पूर्व वडा अध्यक्ष मिश्री जट्टाशन्कर सहनीका छोरा ओमप्रकाश सहनीमाथि अज्ञात समूहले अनाधुन्ध चक्कु प्रहार गरी घाइते बनाएको छ।
परिवारिक स्रोतका अनुसार कलैया ४ वडा कार्यालय नजिक गरिएको हमलामा शरीरका विभिन्न भागमा चक्कु प्रहार गरी आक्रमणकारी मोटरसाइकल छाडेर फरार भएका छन्। घटनापछि गम्भीर घाइते भएका सहनीको हाल प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ।
घटनाको जानकारी पाएलगत्तै सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन् भने आक्रमणकारीको खोजी तथा घटनाको अनुसन्धान सुरु गरिएको जनाइएको छ। आक्रमणको कारण खुल्न बाँकी छ। पुर्व वडा अध्यक्ष सहनिले अहिले छोराले वान्ता गरिरहेकाले थप उपचारका लागि बिरगंज लगिरहेको बताएका छन । उनले समाजिक सन्जाल मार्फत सरकार ग्याङ्ग चलाउने भनेर पहिचान भएकाले चाकु प्रहार गरेको बताएका छन।
थप विवरण आउन बाँकी छ।







