साजिर मन्सूर 

कलैया,पौष २४

प्रगतिशील लोकतान्त्रिक पार्टी बारा जिल्लाको आयोजनामा सदरमुकाम कलैयामा एकता भेला तथा पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमले पार्टीभित्र संगठनात्मक एकता मजबुत बनाउने तथा जिल्लामा पार्टीको आधार विस्तार गर्ने लक्ष्य लिएको जिल्ला प्रमुख अतिथि मधेस प्रदेश ईन्चार्ज शिवचन्द्र कुश्वाहाले बताए ।

एकता भेलामा नेकपा नेतृ एवम सम्बिधान सभा सदस्य  दिलमाया धामी सहितका नेताहरु विभिन्न राजनीतिक दल परित्याग गरी आएका नेता–कार्यकर्ता प्रगतिशील लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशी सदस्यहरूलाई पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश ईन्चार्ज कुह्वाहाले खादा तथा अबिर लगाएर स्वागत गरेका थिए।

कार्यक्रममा बोल्दै पार्टीका नेता हसनजान अन्सारीले मुलुकमा सुशासन, सामाजिक न्याय, समानता र लोकतान्त्रिक मूल्य–मान्यताको सुदृढीकरणका लागि प्रगतिशील लोकतान्त्रिक पार्टी विकल्पको रूपमा उभिएको बताए। अन्सारीले बारा जिल्लामा पार्टी संगठनलाई वडा तहसम्म विस्तार गर्दै जनताको समस्यालाई सडकदेखि सदनसम्म उठाइने प्रतिबद्धता व्यक्त गरे।

पार्टी प्रवेश गर्ने नवप्रवेशीहरूले विगतका पार्टीहरूले जनअपेक्षा अनुसार काम गर्न नसकेको उल्लेख गर्दै अब प्रगतिशील लोकतान्त्रिक पार्टीमार्फत जनताको हक–अधिकारका लागि सक्रिय रूपमा संघर्ष गर्ने बताए।

एकता भेलाले आपसी सहकार्य, संगठनात्मक एकता र आगामी राजनीतिक कार्यक्रमलाई थप प्रभावकारी बनाउने निष्कर्ष निकाल्दै कार्यक्रम समापन गरिएको आयोजकले जनाएको छ।

बारा जिल्ला ईन्चार्ज रन्जित पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेताहरु केन्द्रिय सदस्य राजेश सिंह,

पार्टीका प्रदेश सदस्य तेज बहादुर भगतले कार्यक्रमको सन्चालन गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर