शिल्पा कुश्वाहा
बारा,माघ ८
जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १५ र १६ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पार्टीका सहमहामन्त्री फरमुल्लाह मन्सुरले पार्टीका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूसँग भेटघाट तथा छलफल तिब्र पारेका छन ।
भेटघाटका क्रममा सहमहामन्त्री मन्सुरले स्थानीय तहका समस्या, जनताको आवश्यकता र विकासका सम्भावनाबारे सुझाव संकलन गर्दै कांग्रेस नेतृत्वमा मात्र समावेशी लोकतन्त्र, सुशासन र दिगो विकास सम्भव हुने बताउनुभयो। उहाँले कांग्रेस जनताको भावना र अपेक्षासँग जोडिएको पार्टी भएकाले आगामी निर्वाचनमा जनताले कांग्रेसलाई पुनः विश्वास गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा वडा तहका पार्टी पदाधिकारी, सक्रिय कार्यकर्ता तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले संगठन सुदृढीकरण, चुनावी तयारी र जनसम्पर्क अभियानलाई अझ प्रभावकारी बनाउने विषयमा आफ्ना धारणा राखेका थिए।
भेटघाट कार्यक्रमले जितपुर सिमरा उपमहानगरपालिका का वडा नं. १५ र १६ मा कांग्रेसको संगठन थप मजबुत बनाउने विश्वास स्थानीय नेता–कार्यकर्ताले व्यक्त गरेका छन्। मन्सूर अत्यन्त सरल शालिन र ईमान्दार नेता भएकाले वहाको उम्मेदवारी ले आफुहरु अत्यन्तै उत्साहित भएको र वहाको जित सुनिस्चित रहेको स्थानियले बताएका छन । मन्सूर रास्ट्रीय राजनितिको सङ्ग सङ्गै सन्सदिय ब्यवस्था,संघीयता का बारे जानकार भएकोले समेत जनताको बिषय सदनमा सहज उठाउन सक्ने क्षमताले समेत उनलाई जिताउन जनतालाई सहज हुने स्थानिय को भनाई छ ।







