शिल्पा कुश्वाहा 

बारा,माघ २७

नेपाली काङ्ग्रेस पूर्ण रूपमा सच्चिएर जनताको बीचमा आएको भन्दै मतदातामा नयाँ उत्साह देखिएको छ। आसन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनलाई लक्षित गर्दै विभिन्न वडामा भइरहेको घरदैलो तथा भेटघाट कार्यक्रमका क्रममा मतदाताले काङ्ग्रेसप्रति विश्वास र समर्थन खुलेरै व्यक्त गरेका छन्।

पार्टी का सह महामन्त्री एवम नेपाल सरकारका पूर्व मन्त्री तथा अनुभवी ईमान्दार नेता फर्मुल्लाह मन्सूरको पक्षमा जनलहर बढ्दै गएको स्थानीयवासीले बताएका छन्। विगतमा उनले गरेको विकास निर्माण, समावेशी सोच र जनतासँगको नजिकको सम्बन्धकै कारण मतदाता उत्साहित देखिएको सहभागीहरूले बताएका छन्।

घरदैलो कार्यक्रममा बोल्दै मन्सूरले काङ्ग्रेस अब विगतका कमजोरी सच्याउँदै सुशासन, विकास र समृद्धिको स्पष्ट योजनासहित अघि बढेको बताए। “जनताको विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो। जनताको चाहना अनुसार काम गर्ने प्रतिबद्धतासहित हामी मैदानमा आएका छौं,” उनले भने।

स्थानीय बासिन्दाहरूले इमान्दार, अनुभवी र दूरदृष्टि भएका नेतृत्वको आवश्यकता रहेको उल्लेख गर्दै मन्सूरलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्। युवादेखि ज्येष्ठ नागरिकसम्मको सहभागिताले चुनावी माहोल थप उत्साहपूर्ण बनेको देखिन्छ।

काङ्ग्रेस बाराका नेता कार्यकर्ताहरूले पनि यस पटक पार्टी एकढिक्का भएर अघि बढेको दाबी गर्दै निर्वाचनमा उल्लेखनीय सफलता हासिल हुने विश्वास व्यक्त गरेका छन्।

यसरी जनतामा देखिएको उत्साह र समर्थनले पूर्व मन्त्री फर्मुल्लाह मन्सूरको पक्षमा चुनावी वातावरण थप मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर