भुवन यादव 

बारा,फाल्गुन १

बारा क्षेत्र नम्बर ३ का उत्तर, दक्षिण, पूर्व र पश्चिम—सबैतिरका महिला, पुरुष, धनी, गरिब, युवा र वृद्ध मतदाताको उत्साहपूर्ण समर्थन, साथ र भरोसाले चुनावी माहोल थप उत्साहित बनेको छ। घरदैलो अभियानदेखि जनभेटघाटसम्म व्यापक जनसहभागिता देखिँदा विकासप्रति जनताको आशा र विश्वास स्पष्ट रूपमा झल्किएको छ।

प्रतिनिधिसभा सदस्यका काङ्ग्रेस उम्मेदवार पुर्व मन्त्री सम्बिधान सभा सदस्य फरमुल्लाह मन्सूरले जनताको यही अपार माया र भरोसाले आफूलाई अझ जिम्मेवार बनाएको बताउँदै देशलाई नेपाली जनताको चाहना बमोजिम तीव्र विकासको बाटोमा डोर्‍याउन “युद्धस्तरमा” काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । उनले शिक्षा, स्वास्थ्य, सडक, रोजगारी र सामाजिक न्यायलाई प्राथमिकतामा राख्दै समावेशी र दिगो विकास आफ्नो मुख्य लक्ष्य रहेको बताए।

स्थानीय बासिन्दाहरूले पनि अनुभवी, इमान्दार र जनतासँग नजिक रहेर काम गर्ने नेतृत्वको आवश्यकता औंल्याउँदै नेपाली कांग्रेस का उम्मेदवार मन्सूरप्रति विश्वास व्यक्त गरेका छन्। मतदाताहरुले एक दिन काम गराउन कर्मचारी वा सहयोगी खोज्दा त अनुभव को सर्टिफिकेट माग्ने हामी आफ्नो भविस्य र आफ्ना लालाबालाको भविस्य निर्माण गर्ने जिम्मा हावाका भरमा आएकालाई कसरी दिने भनेर प्रश्ण तेर्साउन थालेका छन । उनिहरुले देशको बिगतको सिस्टम नै खराब भएकोले केही नभएको तर अहिले काङ्ग्रेस ले विशेष महाधिवेशन बाट पूरा सिस्टम परिवर्तन गर्ने भनेर आईसकेकाले काङ्ग्रेस लाई मात्र भोट दिने बताउन थालेका छन । विभिन्न टोल–टोलमा देखिएको उत्साहले यसपटक बारा–३ मा विकासमुखी नेतृत्वको पक्षमा जनलहर बलियो बन्दै गएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

जनताको अपेक्षा, विश्वास र साथलाई शक्ति बनाउँदै मन्सूरले बारा–३ लाई समृद्धि र अवसरको नमुना क्षेत्र बनाउने अठोट दोहोर्‍याएका छन्। मन्सूरले बाराको बहुप्रतििक्षत मानवत मटिअर्वा आफुले मन्त्री भएका बेला सिलान्यास गराएर धेरै काम सम्पन्न गराएपनी पछि चुन्नावबाट आएकाहरुले राजनिती गर्दा कलैयाको बाटो नबनेको सक्झदै फेरि ईतिहासले आफैलाई सो बाटो पूरा गराउने जिम्मेवारी दिन गैहरेको सारा जनताले नै भन्न थालेको र मैले सो बाटो पूरा गराउने प्रतिबद्धता जनाएका छन । चुनाव नजिकिँदै जाँदा क्षेत्रभरि काङ्ग्रेसको लहर झन झन बढ्दै गएको गलि गलि चिया पसलहरु मा चर्चा हुन थालेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर