भुवन यादव
बारा,माघ २
नेपाल विद्यार्थी संघका केन्द्रीय सभापति दुजाङ्ग शेर्पाले बारा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार फर्मुल्लाह मन्सूरलाई भेट गरी आगामी निर्वाचनमा जितको शुभकामना व्यक्त गरेका छन्।
कलैया ८ खपरताता मा भेटघाटका क्रममा घरदैलोमा नै पुगेर शेर्पाले लोकतान्त्रिक मूल्य, विकास र जनअपेक्षा पूरा गर्न सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै मन्सूरको उम्मेदवारीलाई विद्यार्थी तथा युवावर्गको साथ रहने विश्वास व्यक्त गरेका छन। उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र जनकेन्द्रित बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा पनि राखे।
उम्मेदवार मन्सूरले नेबि संघ नेतृत्वबाट प्राप्त शुभेच्छा र समर्थनले आफूलाई थप जिम्मेवार बनाएको बताउँदै बारा क्षेत्र नं. ३ का जनताको विश्वास जित्ने प्रतिबद्धता दोहोर्याए। उनले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने योजना प्रस्तुत गरे।
आगामी निर्वाचन नजिकिँदै जाँदा बारा क्षेत्र नं. ३ मा राजनीतिक भेटघाट र समर्थनका कार्यक्रम तीव्र बन्दै गएका छन्, जसले चुनावी माहोललाई थप सक्रिय बनाएको स्थानीयहरूले बताएका छन्। शेर्पाले समानुपातिक उम्मेदवार प्रीयन्का दासलाई काङ्ग्रेस ले उम्मेदवार बनाएर जेन्जी आन्दोलन र मधेसी महिलाको आवाजलाई सम्बोधन गरेको बताए ।







