शिल्पा कुश्वाहा
बारा,फाल्गुन ४
बारा ३ को संघीय निर्वाचनमा काङ्ग्रेस उम्मेदवार लाई बिजयी गराउन कलैया उपमहानगरपालिका–३ मा नेपाली कांग्रेसको प्रचार–प्रसार समिति गठन गरिएको छ। काङ्ग्रेसका युवा नेता कृष्ण सहनीको अध्यक्षतामा गठन गरिएको उक्त समितिले आगामी राजनीतिक गतिविधि तथा पार्टी सुदृढीकरणका कार्यक्रमलाई तीव्रता दिने लक्ष्य लिएको छ।
गठित समितिको उपाध्यक्षमा कामेश्वर प्रसाद पटेल र नाजिर मिया, सचिवमा मिस्टर सफिक मन्सूर,कोषाध्यक्षमा राजकुमार पटेल,सदस्यहरूमा क्रमशः नथुनी साह,प्यारेलाल साह,राम अशिष साह,अजिम मिया मन्सूर,फुलमहमद मन्सूर,तसरुदिन मन्सूर,द्वारिका साह,किशोरी प्रसद साह,लालबाबु पटेल,तैयब मन्सूर,जगदिश हवारी,असरफ मन्सूर,दिनेश प्रसाद साह,धन्सुन्दर साह,गणेश सहनी,राजेश कुमार साह,स्मसाद मन्सूर,शिवचन्द्र पटेल,आशिक महमद मन्सूर,बैनाथ प्रसाद गुप्ता,ईशु मिया,सरस्वती देबि,सलमा खातुन,चन्दा खातुन,बबिता देबि,मालती देबि साह,तमन्न मन्सूर,लक्ष्मी देबि गुप्ता,अनवर मन्सूर रहेका छन । समितीलाई विभिन्न जिम्मेवारी बाँडफाँड गरिएको अध्यक्ष सहनिले जनाएका छन । नवगठित टोलीले घरदैलो कार्यक्रम, जनसम्पर्क विस्तार, युवा परिचालन तथा मतदातासँग प्रत्यक्ष संवाद बढाउने निर्णय गरेको जनाएको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष सहनीले कलैया–३ मा पार्टीको संगठन मजबुत बनाउँदै लोकतान्त्रिक मूल्य–मान्यता स्थापित गर्न सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। स्थानीय कार्यकर्ताहरूले पनि एकताबद्ध भएर पार्टीको जित सुनिश्चित गर्न भूमिका खेल्ने बताएका छन्।
यस समिति गठनसँगै कलैया–३ मा काङ्ग्रेसको चुनावी तथा संगठनात्मक गतिविधि थप सक्रिय हुने अपेक्षा सहित उत्साह थपिएको छ ।







