साजिर मन्सूर
कलैया,फाल्गुन ५
बारा जिल्लाको कलैया स्थित ब्राईट ल्याण्ड इंग्लिश बोर्डिङ स्कुल को २४औँ वार्षिकोत्सव अभिभावक तथा विद्यार्थीहरूको भव्य उपस्थितिका बीच धुमधामका साथ सुरु भएको छ।
वार्षिकोत्सवको उद्घाटन समारोहमा शिक्षा बिकास समन्वय ईकाई बाराका प्रमुख अशोक रौनियारले दिप बालेर कार्यक्रम को उदघाटन गरेका छन ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले नृत्य, गीत, नाटक तथा विभिन्न सांस्कृतिक प्रस्तुतिहरूमार्फत आफ्ना प्रतिभा प्रदर्शन गरिरहेका छन , जसले उपस्थित सबैलाई उत्साहित बनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय सन्चालक रामधारी यादवले २४ वर्षको शैक्षिक यात्रामा प्राप्त उपलब्धि, चुनौती र आगामी योजनाबारे जानकारी गराउँदै गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएका छन। अभिभावकहरूले पनि विद्यालयले बालबालिकाको सर्वाङ्गीण विकासमा खेलेको भूमिकाको प्रशंसा गरेका छन।
उत्साह, अनुशासन र सांस्कृतिक रंगले भरिएको वार्षिकोत्सव आगामी विभिन्न सिर्जनात्मक तथा शैक्षिक गतिविधिसहित निरन्तर सञ्चालन हुने विद्यालयले जनाएको छ।
सो अवसरमा कलैया उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख राजिव यादव,गोपाल सेवा समिति बाराका अध्यक्ष जङ्गबहादुर यादव,खो खो प्रशिक्षक क्यामुदिन मन्सूर,रामबाबु कुश्वाहा,मनोज सेडाई,प्रतिमा यादव,विद्यालय परिवार, स्थानीय बुद्धिजीवी, अभिभावक,शिक्षक,बिद्यार्थी, तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको छ।
कार्यक्रमको सन्चालन मनोज यादवले गरिरहेका छन ।







