बिश्वास डेस्क
कलैया,फाल्गुन २३
बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यतर्फको निर्वाचनमा अर्बिन्द साह विजयी भएका छन्। रास्ट्रीय स्वतन्त्र पार्टी का उम्मेदवार साहले आफ्ना निकटतम प्रतिस्पर्धी काङ्ग्रेस नेता फर्मुल्लाह मन्सूर लाई फराकिलो मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन्।
निर्वाचनको अन्तिम मतपरिणाम अनुसार साहले ४० हजार ६ सय ९७ मत प्राप्त गरेका छन् भने नेपाली काङ्ग्रेस का उम्मेदवार मन्सुरले १० हजार ५२ मत प्राप्त गरेका छन्।
यसैगरी जसपा नेपालका उम्मेदवार रामबाबु कुमार यादव ले ६ हजार ८ सय ८४ मत प्राप्त गरेका छन्। एमाले की उम्मेदवार ज्वाला साह ले ५ हजार २ सय ७१ मत ल्याएकी छन्।
त्यसैगरी जनमत पार्टी का उम्मेदवार प्रमोद गुप्ताले ३ हजार ८ सय १९ मत प्राप्त गर्दा नेकपा का उम्मेदवार भरत प्रसाद साह ले १ हजार ७ सय ५१ मत प्राप्त गरेका छन्।
यस निर्वाचन परिणामसँगै जनताले धेरै अपेक्षा गरेका छन रास्वपाले बहुमत नै ल्याउने अपेक्षा बिच जनताका भरोसा लाई पूरा गर्ने जिम्मेवारी रास्वपा का नेतृत्व उपर थपिएको छ ।







