साजिर मन्सूर

कलैया,चैत १६

नेपाल पत्रकार महासंघ को ७१औँ स्थापना दिवसको अवसरमा महासंघ बारा शाखाले प्रादेशिक अस्पताल कलैयामा रहेका ६५ जना बिरामीहरुलाई फलफूल वितरण गरेको छ।

समाजप्रति आफ्नो उत्तरदायित्वलाई मध्यनजर गर्दै आयोजित उक्त कार्यक्रममा अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल प्रदान गरिएको बारा शाखा अध्यक्ष रमेश सुबेदिले जनाए । कार्यक्रममा महासंघका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पास्वानले पत्रकारिता केवल सूचना प्रवाहमा सीमित नरही समाजसेवा र मानवीय सहयोगमा समेत सक्रिय हुनुपर्ने धारणा व्यक्त गरे। पास्वानले यस्ता सामाजिक कार्यहरूले पत्रकारिता पेशाप्रति जनविश्वास बढाउन मद्दत पुग्ने बताए।

महासंघले स्थापना दिवसका अवसरमा हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उपाध्यक्ष पन्नालाल दासले जनाए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर