बिश्वास डेस्क
कलैया,चैत १८
बारा जिल्लाको कलैया उपमहानगरपालिका–५ स्थित शिक्षा तथा खेलकुद शाखा अगाडि आज साँझ एक मोटरसाइकल चोरी भएको घटनाले स्थानीयमा त्रास फैलाएको छ।
शाखामा कार्यरत अक्कल बहादुर थिङ्गको नाममा रहेको म प्र ०३–०३३ प ९०८० नम्बरको एफजेड १४९ सिसी क्षमताको निलो रङ्गको मोटरसाइकल बेलुका करिब ४ बजेतिर अज्ञात व्यक्तिले चोरी गरी फरार भएको थिङ्गले जनाएका छन ।
कार्यालय परिसर जस्तो सुरक्षित मानिने स्थानबाटै सवारी साधन चोरी हुनु गम्भीर सुरक्षा चुनौतीका रूपमा लिइएको छ।
घटनापछि पीडितले तत्कालै प्रहरीमा जानकारी गराएका छन् भने स्थानीयवासीले पनि बढ्दो चोरी घटनाप्रति चिन्ता व्यक्त गरेका छन्। दिनदहाडै सरकारी कार्यालय अगाडिबाटै मोटरसाइकल चोरी हुनु सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउने खालको घटना भएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
यसैबीच, चोरीमा संलग्न व्यक्तिलाई यथाशीघ्र पक्राउ गरी कानुनी कारबाही गर्न तथा चोरी भएको मोटरसाइकल खोजी कार्य तीव्र पार्न स्थानीयवासीले प्रहरी प्रशासनसँग जोडदार माग गरेका छन्। साथै, यस्ता घटनाको पुनरावृत्ति रोक्न सुरक्षा सतर्कता बढाउन पनि आग्रह गरिएको छ। कलैयामा पछिल्ला दिनहरूमा बाईकको चोरिको घटना सामान्य बन्दै गएको भन्दै नागरिक समाजले चिन्ता ब्यक्त गरेको छ ।







