साजिर मन्सूर

बारा,चैत २०

“अर्थतन्त्र मापनको लागि गणना” भन्ने मूल नाराका साथ बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा पालिका स्तरीय छलफल, अन्तरक्रिया तथा सचेतना गोष्ठी सम्पन्न भएको छ।

कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न शाखाका कर्मचारी, सरोकारवाला निकाय तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। गोष्ठीमा आर्थिक तथ्यांक संकलनको महत्व, सही तथ्यांकले नीति निर्माणमा पार्ने प्रभाव तथा स्थानीय तहको विकासमा यसको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो।

वक्ताहरूले अर्थतन्त्रको यथार्थ अवस्था बुझ्न गणनाको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै तथ्यांक संकलन प्रक्रियामा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए। उनीहरूले सही र भरपर्दो तथ्यांक बिना दिगो विकास सम्भव नहुने बताए।

कार्यक्रमले स्थानीय तहमा आर्थिक सचेतना अभिवृद्धि गर्नुका साथै आगामी तथ्यांक संकलन कार्यलाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिइएको आयोजकले जनाएको छ।

जिल्ला आर्थिक गणना कार्यालय बाराका प्रमुख राजेश दासले गोष्ठीमा सहजीकरण गरेका थिए ।

 

२०७५ सालमा सभ भन्दा पहिले यो आर्थिक गणना गरिएको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर