बिश्वास एफएम
बारा,बैशाख ११
नेपालका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी आदिल अन्सारी बाइक दुर्घटनामा परेर घाइते भएका छन्। प्राप्त प्रारम्भिक जानकारी अनुसार, आज भएको बाईक दुर्घटनामा उनी गम्भीर रूपमा घाइते भएका हुन्।
बम नहर रोड अन्तरगतको थलही पुलमा बाईक अनियन्त्रित भएर दुर्घटना भएको एम्बुलेन्स चालक संघ बाराका अध्यक्ष शेख सर्फुदिनले जनाएकान्छन । उनैले अन्सारी लाई लिएर बिरगंज न्युरो अस्पताल पुर्याएका थिए । पुर्व मुख्यमन्त्री सरोज यादव घटना स्थलमा पुगेर उनको उद्दार गरि पठाएका थिए । अहिले उनको स्वास्थ अवस्था सामान्य रहेको पारिवारिक श्रोतले जनाएको छ ।
दुर्घटनापछि उनलाई एम्बुलेन्स बाट बिरगंज न्युरोमा उपचारका लागि लगिएको श्रोतले जनाएको छ। चिकित्सकहरूले उनको स्वास्थ्य अवस्थाबारे थप जानकारी संकलन गरिरहेको बताइएको छ। हाल उनको अवस्था स्थिर रहेको वा गम्भीर रहेकोबारे आधिकारिक पुष्टि आउन बाँकी छ।
दुर्घटनाको कारण खुल्न नसकेको र यसबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाइएको छ।
खेल क्षेत्रका व्यक्तित्व, समर्थक तथा शुभेच्छुकहरूले आदिल अन्सारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरिरहेका छन्।
यस सम्बन्धमा थप विस्तृत विवरण आउन बाँकी रहेको छ।
बम नहर रोडमा रहेको पुलहरु अत्यन्तै जिर्ण एवम खुल्ला रहेकोले बारम्बार यस्ता घटमा घट्ने गरेपनी संबंधित निकायको कुनै चासो नहुने गरेको स्थानियहरुले दुखेसो पोखेका छन।







