साजिर मन्सूर 

वीरगञ्ज,बैशाख १२

 नेपाल हिन्द रेडियो श्रोता संघ, वीरगञ्ज–पर्साको आयोजनामा पाँचौँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न भएको छ।

उत्सवका अवसरमा बिश्वास एफएम कलैयाका लोकप्रिय कार्यक्रम सन्चालक प्रमुख अतिथि सज्जाद अन्सारीले रेडियोमार्फत संघले समाजमा धार्मिक, सांस्कृतिक तथा सामाजिक चेतना अभिवृद्धि गर्न खेलेको भूमिकाको प्रशंसा गरेका थिए। अन्सारिले रेडियो श्रोता संघले स्थानीय स्तरमा एकता, सहकार्य र सकारात्मक सन्देश प्रवाहमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताएका थिए।

कार्यक्रममा संघका पदाधिकारीहरूले विगतका गतिविधिहरूको समीक्षा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै, सक्रिय सदस्यहरूलाई सम्मान समेत गरिएको थियो।

उत्सव सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

संघका अध्यक्ष पन्नालाल पटेलको अध्यक्षतामा भएको कार्यक्रममा संघसँग आबद्ध सदस्य, स्थानीय समाजसेवी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर