बिश्वास एफएम
कलैया,बैशाख २०
ग्रामीण उत्थान अभियान, कलैयाको आयोजना तथा टेवा धापाखेल ललितपुरको सहयोगमा कलैयामा सार्वजनिक सुनुवाइ तथा सम्बाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सदरमुकाम कलैया स्थित दास गेस्ट हाउसमा आयोजना गरिएको हो।
स्थानीय तहको सेवा प्रवाह, विकास निर्माण तथा जनगुनासोबारे प्रत्यक्ष रूपमा नागरिकको आवाज सुन्ने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागीहरूले स्वास्थ्य, शिक्षा, सडक, सरसफाइ, खानेपानी,महिला अधिकार,महिला हिंसा,निर्वाचनमा महिलाको अवस्था,महिला मैत्री तथा लैङ्िगक समतामूलक बजेट,लैङ्िगक विभेद,द्वन्द पिडित महिलाका सवाल,सुकुम्बासी समस्या लगायतका आधारभूत सेवामा देखिएका समस्याबारे खुलेर आफ्ना धारणा तथा जिज्ञासा राखेका थिए। साथै, स्थानीय विकासलाई प्रभावकारी बनाउन विभिन्न सुझावहरू समेत प्रस्तुत गरिएको थियो।
कार्यक्रममा उठेका सवालहरूलाई सम्बन्धित निकायसम्म पुर्याउने र समाधानका लागि पहल गर्ने प्रतिबद्धता सरोकारवालाका प्रतिनिधिहरुले गरेका छन । यस्ता सार्वजनिक सुनुवाइ कार्यक्रमले नागरिक र सरोकारवाला निकायबीचको दूरी घटाउँदै पारदर्शिता र जवाफदेहितालाई मजबुत बनाउने विश्वास लिइएको छ।
आयोजकका अनुसार आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ, जसले स्थानीय तहको सुशासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
आयोजक संस्था का अध्यक्ष माधुरी गिरिको अध्यक्षता एवम कलैया उपमहानगरपालिका को नगर उप प्रमुख रौशन प्रविणको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नम्बर २७ का अध्यक्ष अशोक तिवारी,जिल्ला निर्वाचन कार्यालय बाराको प्रमुख नवीन चौधरी,महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा कलैयाका सहायक चौथो आश्मा खातुन,जिल्ला प्रहरी कार्यालय बाराको महिला तथा बालबालिका सेवा केन्द्र को सैइ दुर्गा कुमारी महतो,एक द्वार संकट ब्यवस्थापन केन्द्र ocmc प्रमुख अनिता जयस्वाल,समाज सेवि तथा ग्रामीण उत्थान अभियान का संस्थापक मुकदम अन्सारी,आयोजक संस्थाको कोषाध्यक्ष नितु यादव,कार्यक्रम सम्योजक लिला चौधरी,सदस्य रनिता शर्मा,आशमा खातुन,सायदा खातुन,ऋचा चौरसिया,अमृता कुश्वाहा,पिन्की जयस्वाल,उषा राम,विभिन्न समाजिक सुरक्षा जालोका सदस्यहरु,स्थानीय बासिन्दा, सरोकारवाला निकायका प्रतिनिधि, नागरिक समाज तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रमको सहजीकरण पत्रकार साजिर मन्सूरले गरेका थिए ।







