साजिर मन्सूर

बारा,जेष्ठ ९

जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ बडहर्वा चोक नजिक सडकमा लत्रिएको इन्टरनेट (वाईफाई) तारका कारण दुर्घटना हुँदा नेपाली कांग्रेस बारा ३ का क्षेत्रीय सचिव राजेश भण्डारी घाइते भएका छन्।

स्थानीयका अनुसार भेटेनरी कार्यालय क्षेत्रमा जडान गरिएको वाईफाईको तार मानवत–मटिअर्वा मुख्य सडक खण्डको करिब ३० मिटर सडक क्षेत्रमा अस्त ब्यस्त रुपमा लत्रिएको अवस्थामा थियो। सोही तारमा मोटरसाइकल चालक भण्डारी अल्झिँदा उनको घाँटी र खुट्टामा गम्भीर चोट लागेर घाइते भएका हुन्।

दुर्घटनापछि घाइते भण्डारीलाई तत्काल उद्धार गरी स्थानिय मुकुन्द सापकोटाले वीरगञ्जस्थित प्रभु अस्पताल पुर्‍याएका थिए। घाँटीमा गम्भीर चोट लागेकाले उनलाई एक रात आईसियुमा राखेर उपचार गरिएको पारिवारिक श्रोतले जनाएको छ।

स्थानीयवासीका अनुसार उक्त सडक क्षेत्रमा एकातर्फ मात्र बिजुलीका पोल रहेकाले तार व्यवस्थापन कमजोर हुँदा जोखिम बढ्दै गएको छ। टिपर तथा ठूला सवारीसाधनले पटक–पटक तारमा क्षति पुर्‍याउने गरेको भए पनि सम्बन्धित निकायले स्थायी समाधान नगरेको गुनासो गरिएको छ।

यसअघि पनि ग्रीन लाईट होटलका सञ्चालक रुपेश न्यौपाने समेत यस्तै समस्याका कारण दुर्घटनामा परेको स्थानीयले बताएका छन्।

स्थानीयवासीले सडकमा लत्रिने तार तत्काल व्यवस्थित गर्न, सम्बन्धित इन्टरनेट सेवा प्रदायक तथा सरोकारवाला निकायलाई जिम्मेवार बनाउन र यस्ता घटनाको पुनरावृत्ति रोक्न माग गरेका छन्।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार