बिश्वास डेस्क
कलैया,जेष्ठ १४
नेपाली कांग्रेसको ‘जरा अभियान’ अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका, बाराका वडा सभापति, वडा अध्यक्ष, क्रियाशील सदस्य लगायत पार्टीका नेता कार्यकर्ताहरूका लागि डिजिटल माध्यमबाट क्रियाशील सदस्यताको अभिमुखीकरण तथा अद्यावधिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
काङ्ग्रेस नेतृ तथा जितपुर सिमरा उपमहानगरपालिका को उप मेयर प्रत्यासी मेघा शाहिको आयोजनमा भएको कार्यक्रम सक्रियता, समर्पण तथा संगठन सुदृढीकरणप्रतिको प्रतिबद्धताका साथ सम्पन्न भएको जनाईएको छ। अभिमुखीकरण कार्यक्रममा क्रियाशील सदस्यताको डिजिटल प्रक्रिया, अद्यावधिक विधि तथा संगठन विस्तार सम्बन्धी विषयमा जानकारी प्रदान गरिएको शाहिले बताइन ।
उक्त अभिमुखीकरण कार्यक्रममा सहजीकरण केन्द्रीय प्रशिक्षक तपेन खडकाले गरेका थिए ।
सो अवसरमा सम्पूर्ण नेपाली कांग्रेसका नेता तथा क्रियाशील साथीहरूलाई छिटोभन्दा छिटो क्रियाशील सदस्यता अद्यावधिक गरी केन्द्रमा पठाउने कार्यमा जुट्न अनुरोध समेत गरिएको शाहिले बताएकी छन ।







