साजिर मन्सूर

कलैया, जेष्ठ २०

कलैया उपमहानगरपालिका नगर खेलकुद बिकास समितिको आयोजनामा मेयर–उपमेयर कप अन्तरविद्यालयस्तरीय छात्र–छात्रा फुटबल प्रतियोगिता २०८३ भव्य रूपमा सुरु भएको छ।

प्रतियोगिताको उद्घाटन कलैया उपमहानगरपालिकाका उपप्रमुख रौशन प्रविण ले बुधबार एक समारोहबीच गरेका हुन्। नव निर्माण गरिएको कलैया–२५ स्थित सिसहनिया खेल मैदानमा शुरु भएको प्रतियोगितामा बोल्दै उपप्रमुख प्रविणले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा बौद्धिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता प्रतियोगिताले विद्यालय तहबाटै खेल प्रतिभाको पहिचान र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन।

प्रतियोगितामा कलैया उपमहानगरपालिका क्षेत्रभित्रका विभिन्न विद्यालयका छात्र तथा छात्रा टोलीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

नव निर्माण गरिएको सिसहनिया खेल मैदानमा पहिलो पटक ठूलो स्तरको प्रतियोगिता आयोजना गरिएको भन्दै स्थानीयवासीले खुशी व्यक्त गरेका छन्। प्रतियोगितामार्फत खेल संस्कृतिको विकास, युवा पुस्तामा खेलप्रति आकर्षण बढाउने तथा अनुशासन र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने अपेक्षा गरिएको छ।

प्रतियोगिता जेष्ठ २७ गते सम्म सञ्चालन हुने र उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीलाई पुरस्कार तथा सम्मान प्रदान गरिने आयोजकले जनाएको छ।

बिजेतालाई नगद रु५०/५० हजार र उपबिजेतालाई नगद २५/२५ हजार दिईने आयोजकले जनाएको छ ।

 

नगर खेलकुद बिकास समिति अध्यक्ष एम समिउल्लाहको अध्यक्षता एवम प्रमुख अतिथि उप मेयर रौशन प्रविणको प्रमुख आतिथ्यमा भएको उदघाटन समारोहमा वडा नम्बर २५ अध्यक्ष चन्दन पटेल,वडा नम्बर २ का अध्यक्ष राजेश मन्डल,कार्यपालिका सदस्य लिलावती कुमारी लोहार,स्वास्थ्य शाखा प्रमुख एवम नगर खेलकुद समिति का महासचिव शैलेश महतो,स्वास्थ्य शाखाका स्वास्थ्य संयोजक मनोज यादव,श्री अमर माबी दोहरी का प्रअ जियालाल चौधरी,क्यामुदिन मन्सूर खो खो प्रशिक्षक ,बारा जिल्ला फूटबल संघ कोषाध्यक्ष बिनोद कुमार गुप्ता,फूटबलका जिल्ला पुर्व प्रशिक्षक कृष्ण मणि चौधरी,बिनोद तुलाधर खेलप्रेमी,शिक्षक, विद्यार्थी, खेलप्रेमी तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर