साजिर मन्सूर 

कलैया,जेष्ठ २२

स्थानीय तह तथा जिल्ला साक्षर घोषणा तयारीका लागि जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम बाराको कलैया उपमहानगरपालिका को सभाहलमा सम्पन्न भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा बारा जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, शिक्षा शाखाका प्रमुख, विद्यालय व्यवस्थापनसँग सम्बन्धित सरोकारवाला तथा शिक्षा क्षेत्रमा कार्यरत हरूको सहभागिता रहेको थियो। अभिमुखीकरणमा साक्षर जिल्ला घोषणा गर्न आवश्यक मापदण्ड, प्रक्रिया, तथ्याङ्क संकलन, अनुगमन तथा मूल्याङ्कनका विषयमा जानकारी गराइएको थियो।

कार्यक्रमका वक्ताहरूले साक्षरता अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय तहको सक्रिय भूमिका आवश्यक रहेको बताएका थिए। उनीहरूले जिल्लाभित्र रहेका निरक्षर नागरिकको पहिचान गरी साक्षरता कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन।

सहभागीहरूले साक्षर जिल्ला घोषणा गर्ने तयारी, चुनौती तथा सम्भावित समाधानका विषयमा छलफल गरेका थिए। कार्यक्रमले जिल्लालाई पूर्ण साक्षर घोषणा गर्ने लक्ष्य हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले साक्षर नेपाल अभियानलाई सफल बनाउन स्थानीय तहसँग समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने जनाएको छ।

 

शिक्षा बिकास समन्वय ईकाई बारा प्रमुख अशोक कुमार रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा कलैया उपमहानगरपालिका का प्रमुख प्रशासकीय अधिकृत रेशमलाल कणेल,शिक्षा तथा मानव श्रोत बिकास केंद्र का निर्देशक माधव प्रसाद पोखरेल,बैकुण्ठ आचार्य,सबै पालिकाको शिक्षा शाखा प्रमुख, शिक्षक युनियन को अध्यक्ष राजकिशोर सहनी,साझेदारी नेटवर्क,दलित जनजाति उत्थान केन्द्रका का ॐ प्रकास ठाकुर,नेपाल पत्रकार महासंघ मधेस प्रदेश सदस्य साजिर मन्सूर लगायत शिक्षाप्रेमिहरुको सहभागिता रहेको थियो ।

 

निर्देशक पोखरेलले नेपालमा हाल सम्म ६८ वटा जिल्ला मात्र साक्षर घोषणा भएका छन । साक्षरता घोषणा गर्न नेपाली सन्चार जगतले अत्यन्तै सहयोग गरेको बताउदै धन्यवाद दिए छन । पोखरेलले साक्षरताका सुचकहरु १२ वटा तपसिलका अनुसार रहेको जनाए ।

 

१. राष्ट्रभाषा वा मातृभाषाका वर्ण / अक्षरको पढन र लेख्न

 

२. नेपाली वा मातृभाषामा लेखिएका मूल्यसूची र बील पढ्न

 

३. आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेख्न र पढ्न

 

४. मोवाइल र क्यालकुलेटरका अङ्क र अक्षर चिनेर प्रयोग गर्न

 

५. ० देखि ९ सम्मका अङ्क अक्षर लेख्न

 

६. १ देखि १०० सम्म गणना गर्न

 

७. लेनदेनका हरहिसाव राख्न

 

८. सरल चित्र पोष्टर साइनबोर्ड र ट्राफिक सङ्केत पढ्न र बुझ्न

 

९. सामुदायिक कार्यक्रममा आफ्नो विचार सहित सक्रिय सहभागिता देखाउन

 

१०. घडी हेरेर समय बताउन

 

११. भित्तेपात्रो हेरी तिथि मिति बताउन

 

१२. बैङ्क भौचर भर्न र चेकको प्रयोग गर्न

यी १२ मध्ये ५० प्रतिषत अर्थात ६ वटा कुनै पनि गर्न सक्नेलाई साक्षर भएको घोषणा गर्न मिल्ने निर्देशक पोखरेलले जनाएका छन ।

दिगो विकास लक्ष्यमा साक्षरता शिक्षा Target 4.6 : अर्थात  सन् २०३० सम्ममा सबै युवा र उल्लेख्य अनुपातमा महिला र पुरुष प्रौढहरूले साक्षरता र गणितीय सिप हांसिल गरेको सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको पोखरेलको कथन छ ।

 

जिम्मेवारी लाई बाड्दै अहिलेको समयमा each one teach one माध्यमबाट पढेलेखेकाले आ आफ्नो घरमा रहेका अशिक्षितलाई साक्षर बनाउन लाग्नुपर्नेमा जोड दिईएको छ ।

पोखरेलले मधेस प्रदेशको १५-६० उमेर समूहको साक्षर गराउनु पर्ने निरक्षर जनसङ्ख्या ८,३३,१७१ देखाएको जनाएका छन ।

 

अशोक रौनियारले नेपाल सरकारको साझा उदेश्य पूरा गर्नमा हामी सबै लाग्न आग्रह गरेका छन । बारालाई मधेस को पहिलो साक्षर जिल्ला बनाउन युद्धस्तरमा सबै पालिका र शिक्षा शाखा सङ्गै सामुदायिक सिकाई केंद्रहरु र बिधालय लागेकोमा खुशी ब्यक्त गरेका छन ।

 

स्वागत मन्तव्य बैकुण्ठ आचार्यले स्वागत गर्दै अभिमुखिकरण को उदेश्य बारे जानकारी गराएका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर