बिश्वास सम्बादाता

सरकारसँग १४ बुँदे सहमति भएसँगै काठमाडौँमा धर्ना दिइरहेका लघुवित्त ऋणीहरू आज सरकारकै विशेष बस व्यवस्थापनमा आ-आफ्नो घर फर्किएका छन्।

ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका ऋणीहरू र सरकारबिच वार्ता सफल भएपछि लामो समयदेखिको आन्दोलन स्थगित भएको हो। सहमति पश्चात् ऋणीहरूलाई गन्तव्यसम्म पुर्‍याउन सरकार आफैँले साझा यातायातका बसहरूको प्रबन्ध मिलाएको छ।
विभिन्न सरकारी अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीहरूलाई ८ वटा बसमार्फत झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासीतर्फ सम्मानजनक रूपमा बिदाइ गरिएको छ।
नागरिकका माग सम्बोधन गर्दै उनीहरूलाई सुरक्षित र सहज रूपमा घर फर्काउने सरकारको यो कदमको सकारात्मक प्रशंसा भइरहेको छ।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर