बिश्वास सम्बादाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हरिवन नगर, सर्लाहीका पूर्व नगर सभापति रामहरि न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
काठमाडौंको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापाले न्यौपानेलाई पार्टीमा स्वागत गर्दै कांग्रेसमा प्रवेश गराएका हुन् ।
रास्वपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका न्यौपानेले लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा आबद्ध हुन पाएकोमा खुसी व्यक्त गरे । मुलुक कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले देशलाई सही निकास दिन कांग्रेस सभापति थापाको नेतृत्वमा कांग्रेस अघि बढिरहेको भन्दै आफू कांग्रेसमा आबद्ध भएको बताए ।
न्यौपानेले आगामी दिनमा कांग्रेसमा आबद्ध भएर जनताको सेवामा सक्रिय रहने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा सभापति थापाले न्यौपानेलाई टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । उनले पार्टीका नेता–कार्यकर्तासँग सहकार्य गर्दै सक्रिय भएर काम गर्न न्यौपानेलाई आग्रह गरे ।
न्यौपानेको कांग्रेस प्रवेशले सर्लाहीमा पार्टीको संगठन विस्तारमा थप सहयोग पुग्ने सभापति थापाले बताए ।
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर