विश्वास डेस्क
९भदौ २०८३
बारा। जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ निवासी ११ वर्षीया बालिका सनाया खातुन विगत तीन महिनादेखि (गत असार १७ गतेदेखि) बेपत्ता भएकी छन्। बालिका लामो समयसम्म सम्पर्कमा नआएपछि उनकी आमा गुलाप्सा खातुनले मंगलबार इलाका प्रहरी कार्यालय सिमरामा छोरीको खोजी गरिदिन निवेदन दिएकी हुन्। इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) दयाकृष्ण भट्टका अनुसार बालिका असार दोस्रो सातादेखि नै बेपत्ता रहेको भन्दै उजुरी प्राप्त भएलगत्तै प्रहरीले खोजी कार्य तीव्र बनाएको छ। यसअघि पनि बेपत्ता भएकी सनायालाई प्रहरीले खोजी गरी परिवारको जिम्मा लगाएको थियो। पुनः लामो समयदेखि बालिका बेपत्ता रहेकाले उहाँको अवस्था वा अवस्थितिबारे कुनै पनि जानकारी पाएमा नजिकको प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालय सिमरामा खबर गरिदिन प्रहरीले सर्वसाधारणसँग आग्रह गरेको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर