विश्वास डेस्क
१० भदौ २०८३
काठमाडौँ — नेपाली कांग्रेसले पार्टीका सबै पूर्वसम्भावित तथा औपचारिक कार्यक्रम रोकेर रसुवा बाढी प्रभावित क्षेत्रको उद्धार तथा राहत कार्यमा केन्द्रित हुने निर्णय गरेको छ। सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको आकस्मिक केन्द्रीय समिति बैठकमा सभापति गगनकुमार थापाले सम्पूर्ण पार्टी संयन्त्रलाई तत्काल विपद् व्यवस्थापनमा खटिन निर्देशन दिएका हुन्।
रसुवामा आएको अप्रत्यासित बाढीका कारण गम्भीर स्थिति सिर्जना भएको भन्दै कांग्रेसले आज तय भएको ‘ग्रिन टेवल’ र बिहीबारका लागि निर्धारित ‘महिला उद्यमी सम्मेलन’ स्थगित गरेको छ। सभापति थापाले भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गर्दै उद्धारका लागि सरकारसँग पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन्।
प्रभावित क्षेत्रमा व्यवस्थित सहायता पुऱ्याउन रसुवाका सांसद मोहन आचार्यको संयोजकत्वमा सहयोग सङ्कलन तथा सरकारी समन्वय समिति गठन गरिएको छ। कांग्रेसले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका पार्टी कमिटी तथा कार्यकर्ताहरूलाई सुरक्षित रहँदै उद्धार र राहतमा जुट्न आह्वान गरेको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर