विश्वास डेस्क
भदौ ११
काठमाडौँ — रसुवा जिल्लामा आएको भीषण बाढीपछि सञ्चालित खोजी तथा उद्धार कार्यका क्रममा हालसम्म १६२ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले बिहीबार बिहान ५ बजेसम्म उपलब्ध गराएको विवरणअनुसार बाढी प्रभावित विभिन्न जिल्लाहरूमध्ये चितवनमा ६४, धादिङमा २७, नवलपरासी (पूर्व) मा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, रसुवामा २ र नवलपरासी (पश्चिम) मा २ जनाको शव भेटिएको छ।
बाढीका कारण घाइते भएका ४१ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। जसअनुसार त्रि.वि. शिक्षण अस्पतालमा २०, त्रिशुली अस्पतालमा ९, ट्रमा सेन्टरमा ४, वीर अस्पताल र नर्भिक अस्पतालमा ३–३ जना तथा बीरेन्द्र सैनिक अस्पताल र ग्रिन सिटी अस्पतालमा १–१ जना घाइतेको उपचार भइरहेको छ।
विपत्‌पछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यका लागि ३,३१८ जना प्रहरी परिचालन गरिएको छ। बाढीका क्रममा विभिन्न प्रहरी युनिटका २८ जना प्रहरी कर्मचारी अझै बेपत्ता रहेका छन्। इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी रसुवागढी, स्याफ्रुबेंसी, मैलुङ, बेत्रावती र हाकुका कुल ६५ प्रहरीमध्ये ३६ जना सम्पर्कमा आएका छन्। बेपत्ता प्रहरी तथा अन्य नागरिकको खोजी कार्य निरन्तर जारी छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर