
विश्वास डेस्क
भदौ ११
काठमाडौँ । बाढी तथा विपद्बाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गर्न चाहने करदाताले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरेको सम्पूर्ण रकममा शतप्रतिशत कर छुट पाउने भएका छन्।
आयकर ऐन २०५८ को दफा १२ ‘ख’ बमोजिम करदाताले उक्त कोषमा योगदान गरेको सम्पूर्ण रकम (१०० प्रतिशत) सोही वर्षको करयोग्य आय गणना गर्दा घटाएर दाबी गर्न सक्ने कानुनी व्यवस्था छ।
उदाहरणका लागि, कुनै करदाताले उद्धार कोषमा रु. १ लाख सहयोग गरेमा उक्त १ लाख रुपैयाँ नै आफ्नो कुल करयोग्य आयबाट घटाएर बाँकी रकममा मात्र कर भुक्तानी गर्न सक्नेछन्। यस व्यवस्थाले विपद्को समयमा राहत तथा उद्धारका लागि सर्वसाधारण तथा निजी क्षेत्रलाई आर्थिक सहयोग गर्न प्रोत्साहन पुग्ने अपेक्षा गरिएको छ।
ताजा समाचार
© 2026, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702







