विश्वास डेस्क
११ भदौ
बारा।रसुवाको भोटेकोशी नदीमा आएको विध्वंसकारी बाढीबाट प्रभावितहरूको राहत तथा उद्धारका लागि शिवशक्ति ग्रुप र रिलायन्स सुगर इन्डस्ट्रिजले कुल ६१ लाख रुपैयाँ सहयोग गरेका छन्।
बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपरासी लगायतका जिल्लामा पुर्‍याएको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शिवशक्ति ग्रुपका प्रतिनिधिहरू (राजकुमार अग्रवाल, सन्दीप कुमार अग्रवाल र राहुल कुमार अग्रवाल) ले ५१ लाख रुपैयाँको चेक अर्थमन्त्रीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेका हुन्।
यसैगरी, रिलायन्स सुगर एण्ड केमिकल इन्डस्ट्रिज प्रा.लि. बाराको तर्फबाट छुट्टै १० लाख रुपैयाँ कोषमा प्रदान गरिएको छ। मृतकहरूप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै ग्रुपले यो कठिन घडीमा सम्पूर्ण निजी क्षेत्र र सर्वसाधारणलाई राहत तथा उद्धार अभियानमा हातेमालो गर्न अपिल समेत गरेको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर