विश्वास डेस्क
भदौ १४ ।रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका ७३४ जनाको शव फेला परेको छ भने दुई हजार ४९८ जना अझै सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार फेला परेका शवहरूमध्ये सबैभन्दा बढी चितवनमा २५९, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३६ र रसुवामा १३ जना रहेका छन्।
सम्पर्कविहीन हुनेहरूमा ८५ जना सुरक्षाकर्मी (नेपाली सेनाका ४५, नेपाल प्रहरीका २७, र सशस्त्र प्रहरीका १३), जलविद्युत आयोजनाका ९३३ कर्मचारी, रसुवाका ५६२ र नुवाकोटका ११५ जना स्थानीयवासी रहेका छन्। यसका साथै ५८९ जना विदेशी नागरिक र १२७ जना गैरआवासीय नेपाली पनि बेपत्ता सूचीमा छन्।
विपद्ग्रस्त क्षेत्रमा खोज तथा उद्धारका लागि १९ हजार ८९५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। हालसम्म १६ वटा हेलिकप्टरमार्फत ९९ हवाई उडान गरी सुरुङबाट २७९ जनासहित कुल आठ हजार १८६ जनाको जीवितै उद्धार गरिएको छ। प्रभावित क्षेत्रमा ३७ ट्रक र ७ हेलिकप्टर उडानमार्फत खाद्य तथा गैरखाद्य राहत सामग्रीका साथै सञ्चार सेट पठाइएको छ भने बाढीले क्षति पुर्‍याएका १९८ टेलिफोन टावरमध्ये १४५ वटा पुनः सञ्चालनमा आइसकेका छन्।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर