साजिर मन्सूर
कलैया, भदौ १६
बारा कलैया उपमहानगरपालिका–११ रङ्गपुरस्थित मदर्सा सल्फिया कन्जुल उलुम का विद्यार्थी तथा मौलानाहरूले बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेका छन्।
मदर्साका करिब ३०० विद्यार्थी तथा १२ जना मौलानाले चन्दा संकलन गरि रु. १४ हजार ४ सय ९८ नगद सहयोग संकलन गरेका हुन्।
मदर्साका अध्यक्ष मौलाना अब्दुल रहमान रेयाजीका अनुसार भोटेकोसी नदिमा आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले विद्यार्थी र मौलानाहरूले स्वेच्छाले रकम चन्दा संकलन गरि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चेकमार्फत जम्मा गरेको संस्थाका
अध्यक्ष रेयाजिले जनाएका छन ।
सानो–सानो रकमबाट संकलित सहयोगले विपद्को समयमा मानवीय एकता, सामाजिक उत्तरदायित्व र सहयोगको भावना प्रदर्शन गरेको अध्यक्ष रेयाजीले बताए। उनले विपद्का बेला पीडितको दुःखमा साथ दिनु सबैको साझा दायित्व भएको उल्लेख गरे। रेयाजिले प्रभावित सबैको लागि बिद्यार्थीहरुले मिलेर साझा प्रार्थना गरेको बताएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर