२४ भदौ,काठमाडौँ । नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ हजार रुपैयाँले घट्दै ३ लाख २ हजार ४ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन मङ्गलबार सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, आज चाँदीको भाउ पनि घटेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रुपैयाँले घट्दै चाँदीको मूल्य ४ हजार ७ सय ५० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।












