२४ भदौ, बारा। ई–रिक्साको (अटो) अव्यवस्थित सञ्चालनका कारण सार्वजनिक यातायात सेवा प्रभावित भएको भन्दै सम्पूर्ण यातायात व्यवसायी संघ, बाराले बुधबार कलैयास्थित भरत चोकमा विरोध प्रदर्शन गरेको छ ।
नगर क्षेत्रमा मात्र चल्न पाउने ई–रिक्सा ठूलो संख्यामा कलैया–वीरगञ्ज तथा कलैया- सिम्रौनगढ सडकखण्डमा सञ्चालन भइरहँदा ठूला सार्वजनिक सवारीको व्यवसाय संकटमा परेको व्यवसायीहरूको भनाइ छ ।



अनुगमन तथा नियमन गर्ने निकायले बेवास्ता गरेको आरोप लगाउँदै उनीहरूले तोकिएको क्षेत्रभित्र मात्र ई-रिक्सा (अटो) चलाउने व्यवस्था कडाइका साथ लागू गर्न माग गरेका छन्। माग सम्बोधन नभए आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी व्यवसायीहरूले दिएका छन् ।









