२४ भदौ, बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध ट्रामाडोलसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।
वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बसलाई वडा कार्यालय नजिक जाँच गर्ने क्रममा हुड र्याकमा राखिएका दुईवटा झोलाबाट १८ हजार ३०० थान ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल बरामद भएको हो ।



उक्त लागूऔषधसहित पर्साको वीरगन्ज महानगरपालिका–१६ निवासी १९ वर्षीय आनन्द चौरसिया पक्राउ परेका छन्। पक्राउ परेका चौरसियामाथि कानुनी प्रक्रिया अघि बढाउँदै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









