२५ भदौ,वीरगंज।पर्साको पटेर्वासुगौली गाउँपालिका–८ भथौरीबाट प्रहरीले १९ किलो ७ सय ग्राम लागूऔषध गाँजासहित एक वृद्धलाई नियन्त्रणमा लिएको छ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले बुधबार बिहान स्थानीय ७० वर्षीय दृष्टि महतोको घरमा खानतलासी गरेको थियो। त्यस क्रममा घरभित्र लुकाइछिपाइ राखिएको प्लास्टिकसहित उक्त परिमाणको गाँजा फेला परेको हो।



जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार गाँजासहित नियन्त्रणमा लिइएका महतोमाथि हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।









