२५ भदौ,कलैया। कलैया उपमहानगरपालिका वडा नं. २५ स्थित श्री बौद्धीमाई आधारभूत विद्यालय, सिसहनियाका प्रधानाध्यापक नन्द किशोर दुबेको असामयिक निधन भएको छ।

दुबेको निधनप्रति कलैया नगर कार्यपालिकाको कार्यालयले गहिरो दुःख व्यक्त गर्दै एक शोक वक्तव्य जारी गरेको छ। नगर कार्यपालिकाद्वारा जारी वक्तव्यमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक संवेदना प्रकट गरिएको छ।

प्रधानाध्यापक दुबेको सम्मानमा उपमहानगरपालिकाले भोलि भाद्र २६ गते शुक्रबार दिउँसो १:३० बजेदेखि कलैया उपमहानगरपालिका मातहतका सम्पूर्ण सामुदायिक विद्यालयहरूमा सार्वजनिक शोक बिदा दिने निर्णय गरेको छ।

नगर कार्यपालिकाको निर्णय अनुसार शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख राजिव कुमार यादव र प्रमुख प्रशासकीय अधिकृत रेशम लाल कँडेलको हस्ताक्षरमा उक्त शोक वक्तव्य सार्वजनिक गरिएको हो।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर